वैशाख १७,२०८३ / ०२ : ११ पूर्वान्ह / 2026-04-30 02:11 am
      • param ad
      • furniture
      • veera Incorporation

      एक साताभित्र तरलताको समाधानको योजना पेश गर्न राष्ट्र बैकलाइ संसदीय समितीको निर्देशन

      - ७ वर्ष अगाडि
      भाद्र ५,२०७५

      काठमान्डौ, संसदीय समितिले तरलता अभाव समस्या समधानको उपाय खोजी गरी एक साताभित्र प्रतिवेदन पेश गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । 

      प्रतिनिधीसभा अन्तर्गतको अर्थ समितिको बैठकले लगातार २ वर्षदेखि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव हुन थालेको भन्दै तरलता समस्या समधानको उपायसहित योजना ल्याउन राष्ट्र बैंकलाई निर्देशन दिएको हो । 

      समितिले बैंकको क्षेत्रगत कर्जा लगानी, ५ वर्षसम्मको निक्षेप परिचालन, कर्जा लगानी र नाफाको विवरण, कर्जा र निक्षेपको औसत अवधि, मर्जरको प्रभाव र दीर्धकालिन पुँजीको विवरण बुझाउन निर्देशन दिएको छ । वित्तिय तरलता आउन नदिने योजना नेपाल राष्ट्र बैंकसँग माग गर्ने निर्णय पनि गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । 

      बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरन्जिवि नेपालले भारतीय नोटवन्दीले अन्तराष्ट्रिय विश्वसनिता गुमाएको बताए । त्यस्तै उनले बाणिज्य बैंकलाई सबै स्थानीय तहमा पुराउनका लागी पूर्वाधार निर्माणका लागी छलफल भईरहेको जानकारी दिए । 

      त्यसअघि बैठकमा काग्रेस सांसद ज्ञानेन्द्र वहादुर कार्की सबै स्थानीय तहमा बैंक तथा बित्त क्षेत्रको पहुच पुराउनुपर्नेमा जोड दिए । उनले ऋणको व्याजदरलाई नघटाई सामान्य वा ठूला व्यापार गर्न कठिनाई भएको बताए त्यस्तै नेकपा सांसद बिष्णु पौडेलले मुलुकको आर्थिक बृद्धिदर हासिल गर्नका लागी राष्ट्र बैंकको भूमिका महत्वपूर्ण हुने भन्दै यसमा राष्ट्र बैंक स्पष्ट हुनुपर्ने जिकिर गरे । 

      त्यस्तै नेकपाका साँसद महेश वस्नेतले नेपालमा कालोधन कारोबार बढ्दै गएको भन्दै नोटवन्दीको प्रस्ताव गरेका थिए । पछिल्लो समयमा नेपालमा कालोधनको कारोबार व्यापक रुपमा बढेको भन्दै यसलाई निस्तेज पार्न नोटवन्दी आवश्यक रहेको उनको भनाई छ ।

        सम्बन्धित समाचारहरु