वैशाख १७,२०८३ / ०२ : ११ पूर्वान्ह / 2026-04-30 02:11 am
      • param ad
      • furniture
      • veera Incorporation

      ओरालो यात्रामा शेयर

      - ७ वर्ष अगाडि
      भाद्र ५,२०७५

      काठमाडौँ, तीन दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा आज पनि घटेको छ । 

      नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ४।१८ बिन्दुले घटेर एक हजार १८३।८९ बिन्दुमा पुगेको हो  । 

      यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।८३ बिन्दुले घटेर २४९।९२ बिन्दुमा झरेको छ । आज कूल १६१ कम्पनीको पाँच लाख ७० हजार १७३ कित्ता शेयर रु १७ करोड ९५ लाख ५८ हजार ९३० मा खरिद बिक्री भएको छ । 

      स्टकका अनुसार आज चार उपसमूहको शेयर कारोवार उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार २।९५, जलविद्युत् ०।५६, निर्जीवन बीमा ४।४७ र अन्य समूह १।४१ बिन्दुले बढेको छ । 

      यस्तै बैकिङ ५।४१, होटल ८।७६, विकास बैङ्क ३।१८, वित्त २।९४, उत्पादन २२।८५, माइक्रो फाइनान्स १०।३३ र जीवन बीमा ०।५१ विन्दुले घटेको छ । 

        सम्बन्धित समाचारहरु