वैशाख १७,२०८३ / ०२ : १० पूर्वान्ह / 2026-04-30 02:10 am
      • param ad
      • furniture
      • veera Incorporation

      १५ दिनमा आयल निगम ७ करोड घाटामा

      - ७ वर्ष अगाडि
      भाद्र ४,२०७५

      काठमाडौ, नेपाल आयल निगमले अमेरिकी डलरको भाउ बढ्दै गएकाले पेट्रोलियम पदार्थको आयातमा करोडौं घाटा व्यहोर्नुपर्ने अवस्था आएको जनाएको छ । डलरको विनिमयदरमा एक रुपैयाँ प्रति डलर वृद्धि हुँदा मात्रै पनि मासिक करिव १५ करोड अतिरिक्त भार थपिने दावी निगमले गरेको छ । घाटा बढेपछि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

      पेट्रोलियम पदार्थको आयातमा नेपाल भारतसँग निर्भर देखिन्छ । डलरसँग भारतीय मुद्रा समेत कमजोर हुँदै गएको छ । अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार समायोजन गरिए पनि अमेरिकी डलरसँग भारतीय मुद्रा (भारु) र नेपाली मुद्रा कमजोर हुँदै गएकाले घाटा बढ्दै आएको  नेपाल आयल निगमको प्रक्षेपण छ । भारतवाटै नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति भैइरहेको अवस्था छ । तेस्रो देशबाट पेट्रोलीयम पदार्थ आयात गर्ने भएपछि सरकारले अपेक्षित बाटो तय गरिसकेको अवस्था छैन ।

       निरन्तर उकालो  लागिरहेको डलरका कारण मासिक ६० करोड लागत भार थपिएको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले बताएका छन् । पछिल्लो दुई महिनामा डलरको नेपाली विनिमयदर ४ डलर बढेको छ । डलरको भाउ बढेपछि भारतीय आयल कर्पोरेशन (आईओसी)ले पनि मूल्य समायोजन गरेर नेपाल आयल निगमलाई पत्र पठाएको थियो । अगष्ट १ र १६ तारिखमा आईओसीबाट प्राप्त पत्रअनुसार १५ दिनमा करिब ७ करोड घाटा व्यहोर्नुपर्ने देखिएको गोईतको भनाई छ ।

      निगमले कुल कारोबारको ८० प्रतिशत हिस्सा आगटेको डिजेलमा प्रतिलिटर २ रुपैयाँ ३६ पैसा र एल.पी. ग्यासमा प्रतिसिलिण्डर २ सय ८० रुपैयाँ ६४ पैसा घाटा व्यहोर्दै आएकोमा हवाई इन्धनबाट हुने केही मुनाफाले घाटा भएको छ । हवाई इन्धनमा अर्धमासिक ११ दशमलव ३५ प्रतिशत निगमलाई मुनाफा हुन्छ । तर आईओसीको नयाँ मूल्य अनुसार डिजेल र एलपी ग्यासमा मात्रै १५ दिनमा झण्डै १४ करोड घाटा हुने प्रवक्ता गोइतले जानकारी दिए । पछिल्लो पटक साउन ३ गते समायोजन गरिएको नयाँ मूल्यअनुसार सबैभन्दा बढी एलपी ग्यासमा १५ दिनमा २ दशमलव ४१ प्रतिशत घाटा हुने स्थिति रहेको थियो । नयाँ मूल्यसूची आईओसीबाट निगमले प्राप्त गरेको भए पनि निगमले ग्यास, पेट्रोल,  डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य सावितकै मूल्य राखेकाले निगमको घाटा बढेको  गोेइतको दाबी  छ । 

      निगमले २०७१ असोजदेखि प्रचलनमा ल्याएको स्वतः निर्धारण मूल्य संरचनाबमोजिम मूल्यको विस्तृत विश्लेषण गर्दै आईओसीबाट हरेक १ तारिक र १६ तारिकमा प्राप्त मूल्यसूचीको आधारमा गर्दा बजार मूल्य निर्धारण गर्दै आएको छ । आईओसीले हरेक १५ दिनको अन्तरालमा मूल्य परिवर्तन गरी मूल्य समायोजन गर्दै आएको छ । विभिन्न बहाना गरेर निगमले हालैमात्र  पेटौलियम पदार्थको  मूल्य वृद्धि गरेको छ ।जसले गर्दा सर्वसाधारण दिनप्रतिदिन बढ्दै गएको  पेट्रोलियम पदार्थको मूल्यवृद्धिले महँगीको मार खेप्न बाध्य  भएका छन् ।

        सम्बन्धित समाचारहरु