वैशाख १७,२०८३ / ०२ : ११ पूर्वान्ह / 2026-04-30 02:11 am
      • param ad
      • furniture
      • veera Incorporation

      बजारका सबै सुचकहरु रातै भए, किन ?

      - ७ वर्ष अगाडि
      भाद्र ३,२०७५

      काठमाण्डौ,निरन्तर बृद्धी को क्रम मा रहेको बजारमा एकाएक दोहोरो अंकले गिरावट आएको छ । यो भन्दा अघिल्ला कारोवार हरुमा उमङ्गको रङ्ग देखिएको बजारमा एकाएक दोहोरो अंकमा गिरावट आउनुमा आईतबार नेपाल स्टक एक्सचेञ्जले दुईवटा ब्रोकर कम्पनीमाथि कारोबार गर्न नसक्ने गरी प्रतिबन्धको कारबाही गरेपछि त्यसको असर परेको जानकार तथा बिश्लेषक हरु बताउँछन् । 

      नेप्सले आइतबार एबीसी सेक्युरिटिज प्राइभेट लिमीटेड र मार्केट सेक्युरिटिज प्राइभेट लिमीटेडलाई ०.६ प्रतिशत नियामक शुल्क समयमै भुक्तानी नगरेको भन्दै कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यो निर्णयसँगै ती दुई ब्रोकर कम्पनीमार्फत हुने सेयर कारोबार ठप्प भयो ।

      बजारमा दोहोरो अंकले गिरावट आए पनि कारोबार रकम भने धेरै घटेको छैन । यो दिन ३२ करोड ५२ लाख बढीको सेयर कारोबार भएको छ ।

      बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि कारोबार रकम ३२ करोड माथि हुनुले आत्तिइहाल्नुपर्ने अवस्था नरहेको देखाउँछ । किनभने विगतमा २० करोडको हाराहारीमा हुने कारोबार ३२ करोड माथि हुनु आफैंमा पनि सुखद संकेत हो । 

      यो दिन बजारमा ‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप बढेका कारण सेन्सेटिभ इण्डेक्स २.८५ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.०८ अंकको गिरावट देखिएको छ । 

      आईतबारको दिन बजारका सबै समूहको सूचकमा रातो पोतियो । बैंकिङ समूह ११.९२ अंकले घट्यो भने जीवन बिमा समूह ६४.८६ अंक, निर्जीवन बिमा समूह १०३.२६ अंक, माइक्रोफाइनान्स समूह २३.४३ अंकले घटेका छन् । यस्तै, विकास बैंक समूह २०.८२ अंकले घट्यो भने होटल समूह २३.०५ अंक, जलविद्युत समूह ११.३ अंक, बित्त समूह ५.४८ अंक, उत्पादनमूलक १८.३३ अंक र अन्य समूह ५.७१ अंकले ह्रास आएको हो । 

        सम्बन्धित समाचारहरु