वैशाख १७,२०८३ / ०२ : ०९ पूर्वान्ह / 2026-04-30 02:09 am
      • param ad
      • furniture
      • veera Incorporation

      एक दिन ढुवानी रोकिए इन्धनको हाहाकार हुन्छ : आयल निगम

      - ७ वर्ष अगाडि
      भाद्र १,२०७५

      काठमाण्डौ, नेपाल आयल निगमले एक दिन मात्रै ढुवानी व्यवस्था अवरोध भए पेट्रोलियम पदार्थको अभाव हुने स्पष्ट पारेको छ । 

      नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोईतले भण्डारण क्षमता अभावमा एक दिन मात्रै ढुवानी व्यवस्था अवरोध भए देशभर पेट्रोलियम पदार्थको अभाव हुने प्रष्टयाएका हुन्  । उनले शुक्रबार पत्रकार सम्मेलन गरी हाल निगमसँग पेट्रोल करिव ५ दिन, डिजेल ८ दिन र हवाई इन्धन करिव १० दिन मात्रै धान्ने अवस्था रहेको पनि जानकारी दिए । पेट्रोलियम पदार्थको भण्डारण केन्द्र स्थापनाको काम अघि नबढेपछि निगमले भण्डारण क्षमताको अभावमा एक दिन मात्रै ढुवानी अवरोध भए पेट्रोलियम पदार्थको अभाव देशभर हुने जनाएको हो । 

      निगमले हालै भारतीय आयल निगमको मूल्य सूचि अनुसार १५ दिनमा करिव २५ करोड घाटा हुने देखिएको पनि जानकारी गराएको छ । निगमका प्रवक्ता गोइतले हवाई इन्धनमा भने घाटा नभएको पनि स्पष्ट पारे ।

        सम्बन्धित समाचारहरु