वैशाख १७,२०८३ / ०२ : १० पूर्वान्ह / 2026-04-30 02:10 am
      • param ad
      • furniture
      • veera Incorporation

      राष्ट्रिय बीमा कम्पनी कसरी भयो सफल ? हेर्नुहोस विस्तृतमा

      - ७ वर्ष अगाडि
      भाद्र १,२०७५

      काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा बढी प्रति शेयर आम्दानी कायम गर्ने कम्पनी बनेको छ ।

      कम्पनीले गत आर्थिक वर्षमा १३२.४७ प्रतिशतले खुद नाफा बढाएर प्रतिशेयर आम्दानी २०६ रुपैयाँ ६४ पैसा कायम गरेपछि सफल कम्पनी बनेको हो । 

      कम्पनीले गत आर्थिक वर्षमा ५५ करोड ९ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा अघिल्लो बर्षको तुलनामा ३१ करोड ३९ लाख बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बीमा कम्पनीको नाफा २३ करोड ७० लाख रुपैयाँ थियो ।

      कम्पनीले यस अवधिमा ८१ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष २९ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

      कम्पनीले तीन अर्ब ३५ करोड रुपैयाँ अल्पकालीन लगानी तथा कर्जा प्रवाह गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीर विक्रम रायमाझीले बताए । 

      उक्त कर्जा प्रवाहबाट कम्पनीले ५४ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको रायमाझीले बताए । अहिले कम्पनीको बैंक मौज्दात २१ करोड ८२ लाख छ ।

      कम्पनीले कुल १७ हजार २२० बीमालेख जारी गरेर ९३ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोे छ भने समिक्षा अवधिमा ८ करोड २९ लाख रुपैयाँ दावी भुत्तानी गरेको छ ।

      कम्पनीले खुद बीमा शुल्क बाट २२ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै खुद दाबी भुक्तानी ६ करोड ७१ लाख रुपैयाँ गरेको छ भने अझै ५४ करोड ४७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

      कम्पनीको जगेडा कोषमा दुई अर्ब ७ करोड रुपैयाँ सञ्चीत छ। त्यस्तै बीमाकोषमा एक अर्ब ३५ करोड राखेको छ

      २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले प्रतिसेयर आम्दानी २०६ रुपैयाँ ६४ पैसा कायम गरेको छ भने प्रतिसेयर नेटवर्थ ८७६ रुपैयाँ छ । नेटवर्थ बढी हुनेमा पनि राष्ट्रिय बीमा कम्पनी अग्रस्थानमा देखिएको छ । 

        सम्बन्धित समाचारहरु