वैशाख १७,२०८३ / ०२ : ११ पूर्वान्ह / 2026-04-30 02:11 am
      • param ad
      • furniture
      • veera Incorporation

      लगानीकर्ताको मनोवलका कारण बिहिबार कारोबार रकममा बृद्धी

      - ७ वर्ष अगाडि
      श्रावण ३१,२०७५

      काठमाण्डौ,केहि दिन यता निरन्तर रुपमा सुध्रीएको सेयर बजार बिहिबार भने सामान्य रहेको छ । बिहिबार नेप्से परीसुचक ० दशमलव १२ अंकले घटे पनि बजारमा लगानीकर्ताको मनोवल बढेकोले बुधबार भन्दा बिहिबार कारोबार रकम मा केहि मात्रामा बृद्धी भएको छ । 

      बिहिबार  ‘क’ बर्गका कम्पनीहरुमा सामान्य बिक्री चाप देखिएको कारण सेन्सेटिभ इण्डेक्स ० दशमलव ०२ अंकले घटेको छ । समग्र कारोबार मापक फ्लोट इन्डेक्समा ० दशमलब ०७ अंक को झिनो गिरावट आएको छ । 

      बिहिबार उत्पादनमुलक समुहमा ५२.९३ अंकको उछाल साथै बैंकिङ समुह ३ दशमलव ४६ अंक ले बृद्धी भएको छ । र बाँकी सबै समुको परीसुचकमा झिनो अंक ले ह्रास आएको छ । 

      व्यापर समूह ३.७१ अंकले घट्यो भने होटल समूहमा १२.१४, विकास बैंक समूहमा ४.९९, जलविद्युत समूहमा १२.६८, बित्त समूहमा २.८३, निर्जीवन बिमा समूहमा २२.०७, जीवन बिमा समूहमा १२.४५, माइक्रोफाइनान्स समूहमा १६ र अन्य समूहमा ४.५७ अंकको गिरावट आएको छ । 

        सम्बन्धित समाचारहरु