काठमाडौं, पछिल्लो केही दिन यता देखी सेयर बजारमा निरन्तर सुधार आए संगै बुधबार पनि सेयर बजारमा हरियाली छाएको छ ।
लगानी कर्तामा थप बजारप्रतिको उत्साहका कारण निरन्तर सेयर बजारमा हरियाली छाएको हो । साताको चौथो दिन अर्थात बुधबार सेयर बजार २८ दशमलव ७३ अंकले बढेको छ । यो दिन सेयर कारोबारमा आएका सवै समूहको परिसुचकमा उत्साह जनक प्रगति देखिएको छ । बुधबार निर्जिवन विमा समूहको सवैभन्दा बढी परिसुचक बढेको छ ।
जसको परिसुचक २ सय ५ दशमलव ६४ अंक पुगेको छ । त्यसैगरी उता कारोबार रकममा पनि सुधारै देखीएको छ । मंगलबार १८ लाख बराबरको कारोबार भएको थियो भने बुधबार सो रकम बढेर ३६ करोड बराबरको कारोबार भएको छ ।








