वैशाख १७,२०८३ / ०२ : १० पूर्वान्ह / 2026-04-30 02:10 am
      • param ad
      • furniture
      • veera Incorporation

      रु दुई लाखको अक्षयकोष स्थापना

      - ७ वर्ष अगाडि
      श्रावण ३०,२०७५

      काठमाण्डौ,लामो समयसम्म पाँचथर बसेका झापा निवासी नन्दीकेशर प्रसाईं (नरेश) ले विपन्न वर्गको सेवाको लागि आफ्नो स्व पत्नी मनु दुलाल (प्रसाईं) का नाममा अक्षयकोष स्थापना गरका छन् । 

      पाँचथर सदरमुकाम फिदिममा बुधबार आयोजित एक कार्यक्रममा जनसेवा समाज पाँचथर मातहतमा सञ्चालन हुने गरी रु दुई लाख अक्षयकोष स्थापना गरीएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताए । 

      फिदिमको सिभिल बैंकमा स्थापना गरिएको अक्षयकोषको ब्याजबाट असहाय, विपन्न वर्गको सेवाको लागि अक्षयकोष स्थापना गरिएको प्रसाईंले बताए । यस्तै सोही कार्यक्रमका बीच आज पाँचथरको हिलिहाङ–७ बस्ने अनुपा राईलाई रु १५ हजार र विपन्न वर्गकी फिदिम नगरपालिका–१३ बस्ने दिब्या नेम्वाङलाई रु पाँच हजार सहयोग रकम प्रदान गरिएको थियो । 

      जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दल, सरकारी, गैरसरकारी सङ्घ संस्थाका प्र्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहेको थियो । 

        सम्बन्धित समाचारहरु