वैशाख १७,२०८३ / ०२ : १० पूर्वान्ह / 2026-04-30 02:10 am
      • param ad
      • furniture
      • veera Incorporation

      मंगलबार पनि नेप्सेमा उत्साह जनक कारोबार

      - ७ वर्ष अगाडि
      श्रावण २९,२०७५

      काठमाडौं, साताको दोश्रो दिनदेखी सुधारमा आएको  सेयर बजार मंगलबार पनि सुधारात्मक अवस्थामा नै कारोबार भएको छ ।

      पछिल्लो केही दिनबाट लगानी कर्ताहरुको उत्साहसंगै बजारमा डाउन ट्रेण्डको अन्त हुने विज्ञहरुको विश्लेषण पछि लगातार बजारमा सुधार आएको हो । मंगलबार नेप्से परिसूचक ६ दशमलव ६१ अंकले बढी १ हजार १ सय ८० दशमलव ९८ को विन्दूमा पुगेको छ भने कारोबार रकम पनि करिब २ करोडले बढ्न पुगेको छ । त्यसै गरी  बजारमा ’क’ वर्गका कम्पनीहरुमा खरीद चाप देखीएको थियो  । 

      जसको कारण सेन्सेटिभ इण्डेक्स १ दशमलव ५६ अंकले बढेको छ । साथै समग्र कारोबार मापक फ्लोट इण्डेक्स ० दशमलव ७ अंकले वृद्धि भएको छ । उता होटल समूह १ दशमलव ४१ अंकले घटेको छ भने अन्य समूहमा ३ दशमलव ३९ अंकले घट्न पुगेको छ । तर बाँकी समूहमा भने राम्रो कारोबार भएको छ ।

      त्यसैगरी बैंकिङ समूहमा ६ दशमलव ८७ अंकले बढ्यो भने व्यापार समूह ५ दशमलव ०७ अंक, विकास बैंक समूह १४ दशमलव ८८ अंक, जलविद्युत समूह ६ दशमलव ३४ अंक, बित्त समूह १० दशमलव ३९ अंक, निर्जीवन बिमा समूह ५० दशमलव ०१, उत्पादनमूलक ६.६१ अंक, माइक्रोफाइनान्स १५ दशमलव ६ अंक र जीवन बिमा समूह १३ दशमलव ०१ अंकले बढेको छ ।

        सम्बन्धित समाचारहरु