काठमाडौं, साताको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । लगनीकर्ताहरुमा पुनः बजारप्रति लगाव बढेका कारण सोमबार बजार दोहोरो अंकले बृद्धि भएको हो ।
नेप्सेपरिसुचक सोमबार १० दशमलव ४३ अंकले बृद्धि भएर १ हजार एक सय ७४ दशमलव ३७ को विन्दुमा पुगेको हो । सोमबार कारोबार रकम घटेता पनि नेप्सेपरिसुचक भने बढेको छ । दोश्रो दिन १७ करोड बराबरको नेप्से कारोबार भएको छ । होटल समूहमा २ दशमलव ५ अंकले गिरावट आएको छ भने बाँकी सबै समूहको सूचकमा प्रगति देखीएको छ ।
त्यसै गरी बैंकिङ समूहमा ७ दशमलव ५४ अंकले बढेको छ भने विकास बैंक समूमा १६ दशमलव २२ अंकले, जलविद्युत समूहमा ३ दशमलव ९८ अंकले, बित्त समूहमा २ दशमलव ३६ अंक, निर्जीवन बिमा समूहमा ७५ दशमलव ५५ अंकले, उत्पादनमूलक समूहमा ४ दशमलव ५७ अंक, तथा समूहमा ६.९७ अंक, माइक्रोफाइनान्स १५.०२ अंक र जीवन बिमा समूह १ सय १० दशमलव ८५ अंकले बढेको छ ।
साथै ‘क’ वर्गका कम्पनीहरुमा खरीदको उल्लेख्य चाप देखिएको छ । जसको कारण सेन्सेटिभ इण्डेक्स २ दशमलव २४ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ० दशमलव ७८ अंकले बढेको छ ।








