वैशाख १७,२०८३ / १२ : ३१ पूर्वान्ह / 2026-04-30 12:31 am
      • param ad
      • furniture
      • veera Incorporation

      शेयर बजार साताको अन्तिम दिन पनि सुधार हुन सकेन

      - ७ वर्ष अगाडि
      श्रावण २४,२०७५

      काठमाडौं, शेयर बजार साताको अन्तिम दिन  विहिबार पनि ओरालो लागेको छ । 

      नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.६९ बिन्दुले ओरालो लागेर एक हजार १८० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.३७ बिन्दुले घटेर २४९.१३ बिन्दुमा पुगेको छ । 

      आइतबारदेखि सामान्य अंकमा घट्दै आएको बजार आज भने करिब सात अंकले ओरालो लागेको हो । स्टकका अनुसार आज कूल १६३ कम्पनीको आठ लाख ६९ हजार ३०७ कित्ता शेयर रु १९ करोड ६९ लाख ४५ हजार २७३ मूल्यमा खरिद बिक्री भएको छ । व्यापार उपसमूहको मात्रै  शेयर बढेको छ । सो उपसमूहको शेयर २.११ बिन्दुले बढेको छ । अन्य उपसमूहको शेयर भने विहिबार  घटेका छन् । बैंकिङ ३.३७, होटल ३१.५२, विकास बैंक १.३१, जलविद्युत् १६.८८, वित्त ०.७, निर्जीवन बीमा ७०.०७, अन्य ०.४२, माइक्रोफाइनान्स १६.४७ र जीवन बीमा समूहको १०२.८३ बिन्दुले घटेको छ ।

      आरम्भ माइक्रोफाइनान्स, साल्ट टे«डिङ कर्पोरेशनका शेयरधनीले विहिबार  कमाएका छन् भने मल्टीपर्पस फिनान्स कम्पनी र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थालगायतका लगानीकर्ताले गुमाएका छन् ।

        सम्बन्धित समाचारहरु