वैशाख १७,२०८३ / १२ : ३२ पूर्वान्ह / 2026-04-30 12:32 am
      • param ad
      • furniture
      • veera Incorporation

      ट्राफिक कारवाहीबाट ५१ लाख राजश्व

      - ७ वर्ष अगाडि
      श्रावण २४,२०७५

      काठमाण्डौ,जिल्ला ट्राफिक प्रहरी कार्यालय बाग्लुङ्गले आर्थिक वर्ष २०७४÷७५ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारवाही गरी रु ५१ लाख ४२ हजार राजश्व सङ्कलन गरेको छ । 

      ट्राफिक नियम विपरीत सवारीसाधन चलाएका सात हजार ८२४ चालकलाई कारवाही गरिएको थियो । यस क्रममा ६१५ ट्रक चालक, ६४१ बस चालक, तीन हजार २८९ कार÷जीप चालक, दुई हजार १६१ मोटरसाइकल÷स्कुटर चालक, एक हजार ९८ ट्र्याक्टर चालक तथा अन्य सवारीसाधनका २० चालक कारवाहीमा परेका हुन् ।

      सवारी दर्ता, नामसरी, सवारी चालक अनुमतिपत्र नभएका तथा अनुमतिपत्र नविकरण नगर्ने चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी प्रमुख छबबहादुर घर्तीले जानकारी दिए । 

      ट्राफिक नियम पालनमा कडाइ गर्न थालेपछि राजश्व बढ्दै गएको घर्तीले बताए । आव २०७३÷७४ मा सवारीसाधनका चालकलाई कारवाही गरी रु ५१ लाख १० हजार राजश्व सङ्कलन गरिएको थियो । “सवारी नियम उल्लङ्घन गर्ने चालकलाई अझै कडाइ गर्छौं,” उनले भने । 

        सम्बन्धित समाचारहरु