वैशाख १७,२०८३ / १२ : ३१ पूर्वान्ह / 2026-04-30 12:31 am
      • param ad
      • furniture
      • veera Incorporation

      मंगलबार पनि झिनो अंकले सेयर बजार गिरावट

      - ७ वर्ष अगाडि
      श्रावण २२,२०७५

      काठमाडौं, एक साता यता देखी निरन्तर उतारचडाप देखीएको सेयर बजार मंगलबार पनि झिनो अंकले घटेको छ ।

      पछिल्लो समय सेयर बजारमा राम्रो कम्पनिको सेयर कम मुल्यमा पाएता पनि लगानी कर्ताले उल्लेख्य रुपमा ध्यान नदिएिको र उनीहरु पर्ख र हेरको अवस्थामा रहेकाले निरन्तर रुपमा सेयर बजार ओरालो लागेको हो। निरन्तर तिन दिन देखी ओरालो लागेको बजार मंगलबार पनि सोही क्रममा रहेको छ । 

      नेप्सेका अनुसार मंगलबारको नेप्से परिसुचक १ दशमलव ४६ अंकले घटेर  १ हजार १ सय ८८ दशमलव २१ अंकमा झरेको छ । गत बुधबार देखी बजार निरन्तर रुपमा घट्दै आएता पनि फराकिलो अंकले भने घटेको छैन । उता लगानी कर्ताका अनुसार बजार घट्नुको मुख्य कारण भने  बैंकमा बचतको ब्याजदर घट्दै गएको तर ऋणको ब्याज झनै नघटेका कारण बजारमा स्थिरता कायम हुन नसकेको हो । 

      मंगलबार १ सय ५७ कम्पनिका नौ लाख कित्ता सेयर २१ करोड ३७ लाख रुपैयाँमा खरिद विक्रि भएको छ । समग्र कारोबारमा आएका सुचक मिश्रित देखीएको छ । १० समूहको कारोबारमा सात समूहका सुचक घटेका छन् भने तिन समूहका सुचक बढेको छ । 

      होटल समूह ३२.३४अंकले , निर्जीवन विमा ११.०५ अंकले  र अन्य समूहमा बृद्धि भएको छ । बैंक ०.७७ अंकले, विकास बैंक १.३१ अंकले, जलविद्युत ४.९६ अंकले, फाईनान्स ४.०३ अंकले उत्पादनमूलक २५.४२ अंकले, जीवनविमा ३९.८३ अंकले तथा लघुवित्त २०.८१ अंकले घटेको छ ।

        सम्बन्धित समाचारहरु