काठमाडौं, शेयर बजारमा सोमबार पनि सामान्य गिरावट आएको छ ।
साउन १ गतेबाट लागु भएको अनलाईन सेयर कारोबार प्रणालीको परिक्षणकालले लगानी कर्ताको ध्यान खिच्न नसक्नु र लगानीकर्ताहरु अनलाई कारोबारप्रति सन्तुष्ट नभएका कारण सोमबार पनि सेयर बजारमा गिरावट आएको हो ।
आइतबार सामान्य अंकले घटेको बजार ० दशमलव २१ बिन्दुले घटेर एक हजार १ सय ८९ दशमलव ६७ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ० दशमलव ६ बिन्दुले घटेर २ सय ५० दशमलव ९१ बिन्दुमा झरेको छ ।
कूल १ सय ४८ कम्पनीको सात लाख ९६ हजार ७ सय ३४ कित्ता शेयर रु १९ करोड १७ लाख ४८ लाख १२० मूल्यमा खरिद बिक्री भएको छ । स्टकका अनुसार बैंकिङ १.२३, व्यापार २.११, जलविद्युत् ०.८५, वित्त १.१८ र माइक्रोफाइनान्स उपसमूहको शेयर ६.३६ बिन्दुले बढेको छ ।
त्यसैगरी होटल ६ दशमलव ३, विकास बेंक ४ दशमलव ९८, निर्जीवन बीमा ० दशमलव ०९, उत्पादन ० दशमलव ०७, अन्य ४ दशमलव ३७ र जीवन बीमा समूहको शेयर १६ दशमलव ७३ बिन्दुले घटेको छ । सपोर्ट माइक्रोफाइनान्स र प्रोग्रेसिभ फाइनान्स कम्पनीका लगानीकर्ताले सोमबार नाफा कमाएका छन् भने मल्टी पर्पोज फाइनान्स र सिटी एक्सप्रेस फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाउनु परेको छ ।








