वैशाख १७,२०८३ / १२ : ३२ पूर्वान्ह / 2026-04-30 12:32 am
      • param ad
      • furniture
      • veera Incorporation

      निरन्तर ओरालो लागेको सेयर बजारमा आईतबार सामान्य गिरावट

      - ७ वर्ष अगाडि
      श्रावण २०,२०७५

      निरन्तर ओरालो लागेको सेयर बजार साताको पहिलो दिन आईतबार पनि ओरालो लागेको छ ।

      हकप्रद र वोनस सेयरको आधार मुल्यमानै पुँजिगत लाभकर उठाउने आन्तरिक राजस्व विभागको सर्कुलर स्थगित भएपनि उक्त विषयमा लामो समयदेखी अन्योलता रहेको र लगानीकर्तामा मार्जीन कलको आतंक फैलिएको कारण बजार निरन्तर ओरालो लागेको हो । आईतबार सेयर बजार परिसुचक १ दशमलव ४३ अंकले  घटेर १ हजार १ सय ८९ को विन्दुमा समेटिएको छ । नेप्से परिसुचकमा गिरावट आएसंगै कारोबार रकम पनि घटेको छ । 

      १६ कारेड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ  । क बर्गका कम्पनिहरुको कारोबार मापक सेन्सेटिभ ईन्डेक्स  सुन्य दशमलव १८ अंकले घटेको छ भने समग्र कारोबार ईन्डेक्स फ्लोट ईन्डेक्स सुन्य दशमलव १२ अंकले घट्न पुगेको  छ  । आईतबार ५ समूहको उपसुचकमा सामान्य बढेको छ भने अन्य ५ समूको उपसुचकमा गिरावट आएको छ ।

      आईतबार बैंकिङ समूहमा ३  दशमलव ५१,जलविद्युत समूह ५ दशमलव ६५, वित्त समूह सुन्य दशमलव ९७, निर्जिवन विमा समूह ३० दशमलव ९२, उत्पादनमुलक समूह २० दशमलव ६ अंकले घटेको छ । त्यसैगरी , होटल समूह ४ दशमलव २४ अंकले  बढेको छ भने विकास बैंक समूह ११ दशमलव १७ अंकले बढेको छ । 

      साथै अन्य समूह ६ दशमलव ४९ अंक, माइक्रोफाइनान्स समूह सुन्य दशमलव २१ अंक र जीवन बिमा समूह ३ दशमलव ६१ अंकले बढेको छ । 

        सम्बन्धित समाचारहरु