वैशाख १६,२०८३ / ११ : ०२ अपरान्ह / 2026-04-29 11:02 pm
      • param ad
      • furniture
      • veera Incorporation

      रु २१ अर्ब ८० करोड राजश्व संकलन

      - ७ वर्ष अगाडि
      श्रावण १८,२०७५

      काठमाण्डौ,आन्तरिक राजश्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०७४÷७५ मा रु २१ अर्ब ८० करोड ५२ लाख दुई हजार राजश्व संकलन गरेको छ । 

      रु १८ अर्ब ८० करोड ७८ लाख दुई हजार राजश्व अन्तःशुल्कबाट संकलन भएको हो । अन्तःशुल्कमा मदिरासँगै चुरोट, सूर्ती, सिमेन्ट र रंग पर्दछन् । मदिराबाहेक अन्यबाट रु एक अर्बभन्दा कम राजश्व संकलन भएको कार्यालय प्रमुख थानप्रसाद पंगेनीले जानकारी दिए । 

      आन्तरिक राजश्व कार्यालय भरतपुरले चितवन र पूर्वी नवलपरासी जिल्ला हेर्दै आएको छ । दुई जिल्लामा १२ मदिराजन्य उद्योग छन् । चितवनमा तीन बियर र तीन मदिरा उद्योग छन् । नवलपुरमा चार मदिरा तथा दुई बियर उद्योग छन् । नवलपुरमा रहेको गोर्खा ब्रुअरीले सबैभन्दा धेरै रु नौ अर्ब सात करोड ४८ लाख राजश्व बुझाएको छ । ब्रुअरीले काल्र्सवर्ग, टुबर्ग, सानमिगल, हिमालयन ड्रागन बियरको बोतल तथा क्यान उत्पादन गर्दछ । 

      गत आवमा अन्तःशुल्कबाहेकका क्षेत्रबाट रु दुई अर्ब ९९ करोड ७४ लाख २० हजार राजश्व संकलन भएको छ । कार्यालयले गत आवमा स्वास्थ्य सेवा शुल्कतर्फ रु छ करोड २९ लाख १० हजार, आयकरतर्फ रु एक अर्ब ५६ करोड ५८ लाख नौ हजार, घर बहाल करतर्फ रु ११ करोड २४ लाख ८९ हजार, व्याज करतर्फ रु आठ करोड ९२ लाख ९१ हजार, मूल्यअभिवृद्धि करतर्फ रु एक अर्ब १४ करोड एक लाख ६२ हजार तथा शिक्षा सेवा करतर्फ रु दुई करोड ६० लाख ६२ हजार राजश्व संकलन गरेको छ । 

      उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ प्रदेश नं ३ का उपाध्यक्ष राजन गौतम यस क्षेत्रमा मदिराबाहेक अन्य ठूला उद्योग नहुनु र करको दायरामा आउने संख्या कम हुँदा अन्य क्षेत्रबाट राजश्व कम संकलन भएको बताउछन् । कर नबुझाउनेको संख्या अत्यधिक रहेको उहाँको भनाइ छ । पचास प्रतिशतभन्दा बढी साना उद्योग सञ्चालक करको दायरामा नआएको गौतमले बताए । 

        सम्बन्धित समाचारहरु