वैशाख १६,२०८३ / ११ : ०० अपरान्ह / 2026-04-29 11:00 pm
      • param ad
      • furniture
      • veera Incorporation

      तनहुँमा ७८८ नयाँ उद्योग

      - ७ वर्ष अगाडि
      श्रावण १८,२०७५

      काठमाण्डौ,आर्थिक वर्ष २०७४÷७५ मा घरेलु तथा साना उद्योग विकास कार्यालय दमौलीमा ७८८ नयाँ उद्योग दर्ता भएका छन् ।

      उक्त कार्यालयले दिएको जानकारी अनुसार ५९३ साना उद्योग, १४६ लघु उद्योग र ४९ घरेलु उद्योग दर्ता भएका हुन् । आव २०७३÷७४ मा लघु उद्योग दर्ता करमा छुट भएका कारण बढी उद्योग दर्ता भएको सो कार्यालयले जनाएको छ । आव २०७३÷७४ मा ८६२ उद्योग दर्ता भएका थिए । 

      आव २०७३÷७४ मा उक्त कार्यालयले रु ५६ लाख चार हजार तथा आव २०७४÷७५ मा रु ५३ लाख ४५ हजार राजश्व संकलन गरेको थियो । उद्योग नवीकरण, नामसारी, ठाउँसारी, पूँजीवृद्धि, खारेजीलगायत शीर्षकमा राजश्व संकलन गरिएको हो । 

      रु एक लाखको उद्योग दर्ताका लागि रु एक हजार, रु एक लाखदेखि रु तीन लाखसम्मको उद्योग दर्ताका लागि रु तीन हजार, रु तीन लाखदेखि रु पाँच लाखसम्मको उद्योग दर्ताका लागि रु ६ हजार, रु पाँच लाखदेखि रु २० लाखसम्मको उद्योग दर्ताका लागि रु १२ हजार, रु २० लाखदेखि रु एक करोडसम्मको उद्योग दर्ताका लागि रु २० हजार, रु एक करोडदेखि रु पाँच करोडसम्मको उद्योग दर्ताका लागि रु ३० हजार तथा रु पाँच करोडभन्दा बढी लगानी भएको उद्योग दर्ताका लागि रु ५० हजार शुल्क लाग्ने कार्यालयकी खरिदार मेनका जमरकट्टेलले जानकारी दिइन् । 


        सम्बन्धित समाचारहरु