वैशाख १६,२०८३ / ११ : ०२ अपरान्ह / 2026-04-29 11:02 pm
      • param ad
      • furniture
      • veera Incorporation

      एडिबीले पर्यटन मन्त्रालयलाई लगायो यस्तो आरोप, किन ?

      - ७ वर्ष अगाडि
      श्रावण १७,२०७५

      काठमाण्डौ, एसियाली विकास बैंक (एडिबी)ले नेपालको खानेपानी र नागरिक उड्ययन क्षेत्रको विकास आयोजनाको प्रगति सन्तोषजनक हुन नसकेको भन्दै असन्तुष्टि जनाएको छ । 

      बिहीबार काठमाडौमा आयोजना गरिएको एडिबी, नेपाल सरकार र सम्बन्धित आयोजनाबीचको त्रिपक्षीय समीक्षा बैठकको उदघाटनका क्रममा  एडिबीका डेपुटी डाइरेक्टर जनरल दिवश शरणले ती आयोजनामा अहिलेकै गतिमा काम भए समयमै आयोजना सम्पन्न हुन नसक्ने भन्दै असन्तुष्टि जनाएका हुन् । त्रिभुवन विमानस्थल, गौतम बुद्ध विमानस्थल, मेलम्ची र काठमाडौं उपत्यका खानेपानी वितरण आयोजनाको काम सन्तोषजनक नरहेको उनको भनाई छ । यस्ता आयोजनामा सरकारले विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । उनले काममा ढिलाई भएका कारण विनियोजित बजेट खर्चमा समेत प्रभाव पारेकाले तयारीका काम छिट्टै सक्नुपर्नेमा जोड दिए । 

      कार्यक्रममा अर्थ मन्त्रालयका सचिव राजन खनालले दातृनिकायका सहयोगमा सञ्चालित कार्यक्रम कार्यान्वयनमा सरकाले कार्ययोजना तयार गरिरहेको र त्यही कार्ययोजनाले नै सबै सवाललाई सम्बोधन गर्ने जानकारी गराए । आयोजनाको तयारी, कार्यान्वयनको मोडालिटी र अन्य कामहरु समयमै सक्ने कार्य विधि योजनाले तय गरेको उनको भनाई छ । 

      कार्यक्रममा एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखनोभले नेपालमा एडिबीको ऋण, अनुदान र प्राविधि सहायतासमेत गरी सहयोगको आकार २ अर्ब ३४ करोड अमेरिकी डलर पुगेको जानकारी दिए । एडिबीले दिएको सहयोगमध्येबाट १० करोड ८० लाख डलर भुक्तानी भएको छ । एडिबीले यो वर्ष ४४ करोड ७० लाखको ठेक्का लाग्ने र ३३ करोड ८० लाख डलर भुक्तानी हुने अनुमान गरेको छ  । 

        सम्बन्धित समाचारहरु