वैशाख १६,२०८३ / ११ : ०० अपरान्ह / 2026-04-29 11:00 pm
      • param ad
      • furniture
      • veera Incorporation

      जथाभावी फोहर फाल्नेबाट रु पाँच लाख बढी रकम असुल

      - ७ वर्ष अगाडि
      श्रावण १६,२०७५

      काठमाडौं, आर्थिक वर्ष २०७४÷०७५ मा काठमाडौँ महानगरपालिकाले जथाभावी फोहर फाल्नेबाट रु पाँच लाख बढी रकम असुल गरेको छ । 

      महानगरका मुख्य शहर कालीमाटी चोक, कलंकी चोक, बागबजार, पुतलीसडक, बल्खु, चाबहिललगायतका स्थानबाट जहाँतहीँ फोहर फाल्ने १८१ जनाबाट कारबाहीस्वरुप रु पाँच लाख छ हजार १५० असुल गरिएको हो । त्यसैगरी अघिल्लो आवमा १४२ जनाबाट रु पाँच लाख असुल गरेको थियो । 

      महानगर वातावरण व्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरका अनुसार कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याक्ने अन्य समयमा जथाभावी र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने १८१ जनालाई कारबाही गरेको हो । उनका अनुसार विशेष गरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा रातिको समयमा बढी मात्रामा फोहर फाल्ने गरिएको छ । हरेक दिन काठमाडौँ उपत्यकाबाट एक हजार मेट्रिक टन फोहर जम्मा हुने गरेको छ । 

      विभागले जथाभावी फोहर फाल्नेबाट न्यूनतम रु ५०० देखि एक लाखसम्म जरिवानाको व्यवस्था गर्दै आएको छ । त्यसरी फोहर फाल्नेमा संस्थाभन्दा बढी व्यक्ति रहेका छन् । हरेक दिन कामपाले काठमाडौँ उपत्यकाको ८०० मेट्रिक टन फोहर व्यवस्थापन गर्दै आएको छ । 

      अहिलेसम्म कामपाले तोकिएको स्थानभन्दा अन्त फोहर थुपार्नेलाई सम्झाउने र कारबाहीस्वरुप आर्थिक रकम मात्रै असुल गर्दै आएको छ । आगामी दिनमा पनि यसरी भनेको नमानेर जहाँतहीँ फोहर फोलेको प्रमाणसहित फेला पारेमा संस्था र व्यक्तिलाई अन्य कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ ।

        सम्बन्धित समाचारहरु