वैशाख १६,२०८३ / ११ : ०० अपरान्ह / 2026-04-29 11:00 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीतिक नेतृत्व पनि आर्थिक नियमभित्र बस्नुपर्छ : प्रधानमन्त्री

      - ७ वर्ष अगाडि
      श्रावण १५,२०७५

      काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्व पनि आर्थिक नियम कानूनभित्र बस्नुपर्ने बताएका छन् । 

      महालेखा परीक्षकको आर्थिक वर्ष २०७४÷७५ लेखा परीक्षणसम्बन्धी बैठकलाई मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिले देशलाई बाटो देखाउने भएकाले राजनीतिक नेतृत्व पनि आर्थिक नियम कानूनभित्र बस्नुपर्ने बताएका हुन् ।

      सरकारी कार्यालयमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको प्रधानमन्त्रीको भनाइ थियो । “के कारणले बेरुजु भएको हो ?”, प्रधानमन्त्री ओलीले भने “जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो त्यसमा संलग्नलाई कानूनी कारवाही गर्नुपर्दछ ।” 

      प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनि निकाय र व्यक्तिले उन्मुक्ति नपाउने समेत स्पष्ट पारे । बढ्दो बेरुजुले अन्तर्रा्ष्ट्रिय जगत्मा पनि नेपालको शाख गिराउने प्रधानमन्त्रीको भनाइ छ । “नेपाली भ्रष्टाचार गर्ने र ठगठाग गर्ने जाति होइन,” प्रधानमन्त्रीले भने “तर हामीमा मौलाएको महत्वकांक्षा र गलत संस्कारले नेपालीलाई भ्रष्टाचारतिर तान्यो । यो क्रमलाई अब यही विराम लगाउनुपर्छ ।” 

        सम्बन्धित समाचारहरु