वैशाख १६,२०८३ / ११ : ०० अपरान्ह / 2026-04-29 11:00 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मंगलबार सुस्तायो नेप्से बजार

      - ७ वर्ष अगाडि
      श्रावण १५,२०७५

      काठमाडौं, नेप्से बजार मंगलबार सुस्ताएको छ । चलेका कम्पनिहरुको सेयर कम मुल्यमा पाएता पनि निरन्तर लगानी कर्ताहरुले चासो नदेखाए पछि  सेयर कजार सुस्ताएको हो ।

      मंगलबार नेप्सेपरिसुचक २.९१ अंकले घटेर १  हजार १ सय ९१ दशमलव ४७ को विन्दुमा झरेको छ । उता कारोबार रकम समेत घटेर १६ करोड ७७ लाखमा सिमित बन्न पुगेको छ । बजार सुधारका लागि महत्वपूर्ण मानिएको व्याजदर घट्न नसक्दा लगानीकर्ताहरुको मनोबलमा उत्साह थपिन नसकेको हो ।

      मंगलबार हधिकांस राष्ट्रिय स्तरको विकास बैंकले राम्रो फड्को मारेको रिपोर्ट सार्वजनिक गरेता पनि त्यसले बजारलाई माथी उठाउने भुमिका निर्भाव गर्न सकेन । पछिल्लो केही दिन यता बजारमा केही सुधारको संकेत देखीएको थियो । तर मंगलबारको बजारले पुन ः लगानीकर्तामा निराशा उब्जाएको छ ।

      साताको तेश्रो कारोबार दिन(मंगलबार) बजारमा क वर्गका कम्पनीहरुमा बिक्री चाप बढेको देखियो, यहीकारण सेन्सेटिभ इण्डेक्स ०.५४ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि ०.२२ अंकको गिरावट देखियो । 

      यो दिन विकास बैंक समूह ३.११ अंकले बढ्यो भने जलविद्युत समूहमा २.९८ र बित्त समूहमा ०.७८ अंकको सुधार देखियो । बाँकी सबै समूहको उपसूचकमा राताम्मे बनेको छ ।

      बैंकिङ समूह २.२६ अंकले घटेको यो दिन होटल समूहमा १७.१८ अंकको गिरावट आएको छ ।  यस्तै, निर्जीवन बिमा समूहको उपसूचक २४.९५ अंकले घटेको यो दिन जीवन बिमा समूहमा भने २७.६१ अंकको गिरावट आएको छ भने माइक्रोफाइनान्स समूह ५.६१ अंकले घट्न पुग्यो । 

      उता उत्पादनमूलक ५.३६ र अन्य समूह २.४६ अंकले घटेको छ  । 

        सम्बन्धित समाचारहरु