वैशाख १६,२०८३ / ११ : ०० अपरान्ह / 2026-04-29 11:00 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजविराज नगरपालिकाको बजेट रु ७४ करोड

      - ७ वर्ष अगाडि
      श्रावण १५,२०७५

      काठमाण्डौ,राजविराज नगरपालिकाले चालू आर्थिक वर्षका लागि कूल रू ७४ करोड नौ हजार ४२ को बजेट विनियोजन गरेको छ ।

      नगरपालिकाले चालूतर्फ रू ४२ करोड दुई लाख ५० हजार र पूँजीगततर्फ रू ३१ करोड ९७ लाख ५९ हजार ४४२ बजेट नगरसभाले स्वीकृत गरेको नगरप्रमख प्रमुख शम्भुप्रसाद यादवले बताए । गत आ व को कूल बजेट रू ६१ करोड ७२ लाख ११ हजार ६९ मध्ये चालूतर्फ रू २१ करोड ४१ लाख ५५ हजार र पूँजीगततर्फ रू १४ करोड ८० लाख ६६ हजार ३८५ खर्च भएको थियो ।

      सामाजिक सुरक्षातर्फ रू सात करोड ४३ लाख ८८ हजार,उत्पादनतर्फ रू एक करोड ३९ लाख ९० हजार ९९६ खर्च भएको थियो भने खर्च हुन नसकेको रू १३ करोड ८४ लाख २५ हजार ८९६ चालू आवमा खर्च गर्ने गरी सारिएको नगर नगरप्रमुख यादवले जानकारी दिए । उनले चालू आवमा नागरिकता सिफारिस दस्तुर पूरै मिनाहा गरिएको र सवारीसाधन कर छुट गरिएको पनि बताए । जसअनुसार टाँगा, रिक्सा, अटोरिक्सा तथा इ–रिक्साबाहेक अन्य सवारीसाधनमा पूर्णरुपले कर छुट भएको छ भने मदिरा व्यवसाय, स–मिल, इँटा उद्योग, सुर्तीजन्य उद्योग व्यवसायमा करको साविक दरमा ५० प्रतिशतले वृद्धि भएको छ ।

      यसैगरी अन्य व्यवसायको साविक दरमा २५ प्रतिशत, बिटौरी दस्तुरमा ५० प्रतिशत, कवाडी व्यवसायमा वार्षिक रु दुई हजार ५००, बहाल कर १० प्रतिशतले वृद्धि गरेको नगरपालिकाले जनाएको छ ।

        सम्बन्धित समाचारहरु