वैशाख १६,२०८३ / ११ : ०० अपरान्ह / 2026-04-29 11:00 pm
      • param ad
      • furniture
      • veera Incorporation

      अर्थमन्त्री डा.युवराज खतिवडाद्धारा ‘बीमा विधेयक, २०७५’ प्रस्तुत

      - ७ वर्ष अगाडि
      श्रावण १३,२०७५

      काठमाडौं, प्रतिनिधिसभाको आईतबारको बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले ‘बीमा विधेयक, २०७५’ प्रस्तुत गरेका छन् । 

      त्यसअघि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै डा खतिवडाले बीमा व्यवसायमा सबैको पहुँच पु¥याउनका लागि सरकारले बृहत्तर रुपमा कानूनको प्रबन्ध गर्न लागेको जानकारी दिए । अर्थमन्त्रिले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा नै ७० वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क रुपमा रु एक लाख बराबरको बीमा गर्ने व्यवस्था गरिएको र सबै दायित्व सरकारले नै व्यहोर्ने गरी तयारी गरिएको बताए । 

      बीमा व्यवसाय सीमित व्यक्तिको हातमा मात्रै नहोस् भन्नाका लागि धेरैभन्दा धेरै कम्पनी जरुरी रहेको, त्यसलाई नियमन गर्न कडा कानूनको जरुरी रहेको र फर्जी बीमा गर्नेलाई कानूनी कारवाही गर्न खोजिएको बताउँदै उहाँले बीमा क्षेत्रलाई थप व्यवस्थित, प्रभावकारी एवं मर्यादित बनाउन बीमा प्राधिकरणको परिकल्पना गरिएको र कम्पनीमा लैजान खोजिएको स्पष्ट पारे । 

      कम्पनीमा लैजानेबित्तिकै निजीकरण गर्न खोजिएको भनेर गरिएको प्रचारसमेत गलत रहेको डा खतिवडाको प्रष्टोक्ति थियो ।

        सम्बन्धित समाचारहरु