काठमाडौं, बिगतका वर्षहरुको तुलनामा यो वर्ष नेपाल आउने बाह्य पर्यटकहरुको संख्यामा बृद्धी भएको छ ।
बेमौसमको समयमा पनि पर्यटकलाई आकर्षण गर्ने र पर्यटकको संख्यामा बृद्धी गर्ने उदेश्यले नेपाल पर्यटन बोर्ड तथा निजि क्षेत्रले विभिन्न अभियान संचालन गरेका कारण पछिल्लो समय नेपालमा बाह्य पर्यटकको संख्यमा वृद्धि भएको हो । सन् २०१७ को पहिलो ६ महिना मा चार लाख ६० हजार ३ सय चार जना पर्यटक ले नेपाल को भ्रमण गरेका थिए । यो वर्षको सोहि अवधिमा पाँच लाख २० हजार भन्दा बढी बाह्य पर्यटकले नेपालको भ्रमण गरेका छन् । पर्यटन बिभाग तथा अध्यागमन विभागको तथ्यांक अनुसार अघिल्लो बर्ष भन्दा यो बर्ष पर्यटक को संख्यामा १३ प्रतिशतले परिवर्तन आएको हो ।
पर्यटकीय हिसाबले बेमौसम रुपले परिचित बर्खायाममा पनि नेपाल आउने पर्यटकहरुको संख्या उत्साहजनक रहेको एक तथ्यांकले देखाएको छ । विशेष गरी पछिल्लो तथ्यांक अनुसार नेपाल आउने भारतीय तथा चिनिया पर्यटक को संख्यामा बृद्धी भएको पाईएको छ । पर्यटन बोर्डका अनुसार ९६ हजार ३ सय ७२ जना भारतीय,७१ हजार ३ सय ७९ जना चिनिया पर्यटकले नेपालको भ्रमण गरेका छन् । त्यसै गरि संयुक्त राज्य अमेरिकाबाट ४३ हजार ८ सय १६,जापान बाट १३ हजार ८ सय ५१ पर्यटक भित्रिएका थिए ।
उत्साहजनक रुपमा पर्यटकको संख्यालाइ बृद्धी गर्दै नेपाल सरकारले सन् २०२० लाई भ्रमण बर्षको रुपमा मनाउने निर्णय गरेको छ । सोहि अवसरमा करिब २० लाख भन्दा माथि बाह्य पर्यटक भित्र्याउने लक्ष्य समेत राखिएको छ ।
त्यसका लागि पर्यटन मैत्री संरचनाको बिकास र भौतिक पूर्वाधारको बिकासमा जोड दिदै आएको छ ।









