वैशाख १६,२०८३ / ११ : ०१ अपरान्ह / 2026-04-29 11:01 pm
      • param ad
      • furniture
      • veera Incorporation

      विहिबार शेयर बजारमा सामान्य अंकले गिरावट

      - ७ वर्ष अगाडि
      श्रावण १०,२०७५

      काठमाडौं, शेयर बजारमा साताको अन्तिम दिन विहिबार  पनि सामान्य गिरावट आएको  छ । 

      नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक ३.१५ बिन्दुले घटेर एक हजार १९१.२० बिन्दुमा पुगेको छ । यस्तै क वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७५ बिन्दुले घटेर २५०.९६ बिन्दुमा पुगेको छ । कूल १ सय ६३ कम्पनीको सात लाख ९२ हजार ५५ कित्ता शेयर रु १९ करोड ३० लाख २८ हजार १२४ मूल्यमा खरिद बिक्री भएको छ । 

      स्टकका अनुसार विहिबार होटल उपसमूहबाहेक अरु सबै उपमूहको शेयर घटेको छ । बैंकिङ १.४४, विकास बैंक १.९८, जलविद्युत् १४.७९, फाइनान्स २.६८, निर्जीवन बीमा २७.१७, उत्पादन स्थिर, अन्य ०.५६, माइक्रोफाइनान्स १५.१६ र बीमा ४९.०८ बिन्दुले घटेको छ । 

      होटल समूह भने ४४.५५ बिन्दुले बढेको छ ।

        सम्बन्धित समाचारहरु