वैशाख १६,२०८३ / ११ : ०२ अपरान्ह / 2026-04-29 11:02 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रदेश नं. दुईमा लक्ष्य भन्दा कम राजश्व संकलन

      - ७ वर्ष अगाडि
      श्रावण १०,२०७५

      काठाडौं, कम आर्थिक वर्ष २०७४÷७५ मा सुख्खा बन्दरगाह कार्यालय सिर्सियाले लक्ष्य गरेभन्दा रु ९५ करोड ९० लाख ५६ हजार कम राजश्व संकलन गरेको छ । 

      सरकारले सिर्सियालाई आव २०७४÷७५ मा रु २८ अर्ब २९ करोड ४२ लाख ५९ हजार राजश्व उठाउने लक्ष्य दिएको थियो । कार्यालयले ९६ दशमलव ५ प्रतिशत अर्थात् रु २७ अर्ब ३३ करोड ५१ लाख ९३ हजार मात्र राजश्व उठाउन सकेको छ । आव २०७३÷७४ मा कार्यालयलाई रु २१ अर्ब चार करोड आठ लाख ८० हजार राजश्व उठाउने लक्ष्य दिएकामा रु २१ अर्ब ५८ करोड ८५ लाख राजश्व संकलन गरेको थियो । 

      सुख्खा बन्दरगाह कार्यालयका भन्सार अधिकृत धनबहादुर बडुवालका अनुसार आव २०७४÷७५ मा सो कार्यालयले भन्सार महसुलतर्फ रु ११ अर्ब ६४ करोड ३० लाख ५३ हजार, मूल्य अभिवृद्धि करतर्फ रु १४ अर्ब दुई करोड ६० लाख ३८ हजार तथा अन्तःशुल्कतर्फ रु एक अर्ब ६६ करोड ६१ लाख राजश्व संकलन गरेको थियो । 

      विसं २०६४ मा स्थापना भएको सिर्सिया सुख्खा बन्दरगाहलाई चालू आवमा रु ३६ अर्ब २४ करोड ३२ लाख ६ हजार राजश्व उठाउने लक्ष्य दिइएको छ ।

        सम्बन्धित समाचारहरु