काठमाडौं, कृष्णपुर नगरपालिका– ५ की राधा चौधरीले बंगुरपालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।
चौधरीले बंगुर बिक्री गरेर वार्षिकरुपमा रु १२ लाखभन्दा बढीको कारोवार समेत गर्दै आउका छन् । उनको वार्षिक रुपमा ६ लाख भन्दा बढी आमदानी हुन्छ ।
उनले रु १० लाख बराबरको बंगुरको मासु तथा रु दुई लाख १० हजार बराबरको बंगुरको पाठापाठी बिक्री गर्नुभएको हो । चौधरीको फार्ममा चार जाताका माउ बंगुर पालिएका छन् । “अझै ३० वटा बंगुर थप्ने योजना छ,” उनले भने ।
बंगुरपालनबाट गरेको रु तीन लाख ५० हजार खर्चेर उहाँले ५० वटा बंगुर अटाउने आधुनिक फार्म निर्माण गर्नुभएको छ । चौधरीले रु तीन लाखमा फार्मका लागि जग्गा खरिद गरेकोे हो ।
घरेलु तथा साना उद्योग कार्यालयबाट चार वर्षअघि सातदिने तालीम लिएर उनले आधुनिक तरिकाले बंगुरपालन गर्न थालेको हो । “बालबालिकाको पढाइ तथा घर खर्च बंगुरपालनको आम्दानीले धानेको र बंगुरपालनपछि आर्थिक अभाव नभएको उनको भनाई छ ।
बंगुरपालनको आम्दानी चौधरीले पक्की घर निर्माणका लागि बैंकमा बचत गर्न थालेका छन् । रु एक लाख ऋण काढेर उनले चार वर्षअघि बंगुरपालन व्यवसाय सुरु गरेका हुन् ।








