काठमाडौं, दुई दिन यता केही सुधार देखीएको नेप्से परिसुचकमा बुधबार पुग्दा उल्लेख्य गिरावट आएको छ ।
बुधबार कारोबार नेप्से परिसुचक ४ दशमलव ९२ अंकले घटेर १ हजार एकसय ९४ दशमलव ३५ अंकमा झरेको हो । बुधबार कारोबारको सुरुवात दैखी नै सुस्त रहेको बजार दिन भरी एउटै गतीमा चल्यो । एक साता देखी बजारले राम्रो फड्को मार्ने प्रयास गरेता पनि बधबार आएर ११ सयको लाईनमा झरेको छ । बुधबारको बजारमा १ सय ६८ कम्पनिका सेयरहरु खरिरद विक्रि भए । जसमा १६ कराड ६१ लख बराबरको कारोबार भएको छ । जुन अघिल्लो दिनको कारोबार ४३ प्रतिशत कम हो ।
अघिल्लो दिन २९ करोड ४१ लख रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार कारोबारमा आएका उपसुचक मिश्रित देखीएका छन् ।
जसमा जलविद्युत् क्षेत्रमा ३.८८ र उत्पादनमुलक समूह २.९३ अंकले बढ्यो भने अन्य सवै उपसुचक घटेका छन् ।








