वैशाख १६,२०८३ / ११ : ०० अपरान्ह / 2026-04-29 11:00 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजश्व असुलीमा ५६ प्रतिशतले वृद्धि

      - ७ वर्ष अगाडि
      श्रावण ८,२०७५

      काठमाडौं, मेची भन्सार कार्यालय काँकडभिट्टाले आर्थिक वर्ष २०७४÷७५ मा अघिल्लो आवमा सोही अवधिमा रु तीन अर्ब ६६ करोड ९२ हजार बढी राजश्व संकलन गरेको छ । 

      कार्यालयका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालका अनुसार आव २०७४÷७५ मा रु १० अर्ब १८ करोड २७ लाख दुई हजार राजश्व असुली भएको छ । आव २०७३÷७४ मा रु छ अर्ब ५२ करोड २६ लाख १० हजार राजश्व असुली भएको थियो । अघिल्लो आवको तुलनामा आव २०७४÷७५ मा मेची भन्सार कार्यालयले ५६ प्रतिशत बढी राजश्व संकलन गरेको छ । 

      वर्तमान सरकारले मूल्याङ्कनमा गरेको सुधार, भन्सार प्रशासन आफँैले गरेको सुधारात्मक कार्य तथा पेट्रोलियम पदार्थको आयातमा भएको वृद्धिका कारण राजश्व असुलीमा वृद्धि भएको अर्यालले बताए । आव २०७४÷७५ मा वार्षिक लक्ष्यको तुलनामा ११०.८१ प्रतिशत राजश्व असुली गरेको छ । यस भन्सारबाट दैनिक औसत रु तीन करोड राजश्व असुली हुँदै आएको छ । 

        सम्बन्धित समाचारहरु