वैशाख १६,२०८३ / ११ : ०२ अपरान्ह / 2026-04-29 11:02 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मंगलबार सेयर बजारमा केही परिबर्तन

      - ७ वर्ष अगाडि
      श्रावण ८,२०७५

      काठमाडौं, अनलाइन कारोवार प्रणाली सञ्चालनमा संगै केही दिन अन्योलमा रहेका लगानीकर्तालाई सामान्य आकर्षण हुने गरी शेयर बजारमा सुधार आएको छ । 

      नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोवार मापक परिसूचक नेप्से ४.७७ बिन्दुले बढेर एक हजार १९९.२७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक १.३६ बिन्दुले बढेर २५२.६८ बिन्दुमा पुगेको छ । स्टकले यही साउन १ गतेदेखि अनलाइन कारोवार प्रणाली लागू गरेको छ । त्यस्तो व्यवस्थाका लागि धितोपत्र दलाल व्यवसायीकहाँ गएर ‘युजरनेम’ र ‘पासवर्ड’ लिने प्रक्रिया जारी रहेको छ । 

      आज कूल १६० कम्पनीको ११ लाख ८९ हजार ६८९ कित्ता शेयर रु २९ करोड ४१ लाख ८२ हजार ३४८ मूल्यमा खरीद बिक्री भएको छ । सोमबारको तुलनामा आज कारोवार रकममा वृद्धि भएको छ । सोमबार रु १८ करोड ६५ लाख २६ हजार ५३५ मूल्यमा खरीद बिक्री भएको थियो । 

      स्टकका अनुसार दुई उपसमूहको शेयर कारोवार घटेको छ भने नौ उपसमूहको शेयर कारोवारमा बढोत्तरी भएको छ । बैंकिङ ५.२६, व्यापार ०.४२, होटल ४९.४२, विकास बैंक २.८५, जलविद्युत् ३.२४, वित्त २.५९, निर्जीवन बीमा १९.८९, अन्य २.२६, बीमा २०.६१ बिन्दुले बढ्दा उत्पादन १९.७४ र माइक्रोफाइनान्स समूह ०.७ बिन्दुले घटेको छ । 

        सम्बन्धित समाचारहरु