वैशाख १६,२०८३ / ११ : ०१ अपरान्ह / 2026-04-29 11:01 pm
      • param ad
      • furniture
      • veera Incorporation

      देशभर ४२ लाख बढीले प्रयोग गर्छन एटिएम कार्डको प्रयोग

      - ७ वर्ष अगाडि
      श्रावण ८,२०७५

      काठमाडौं, विदेशमा झै नेपालमा पनि एटिएम कार्डको लोकप्रियता बढदै गएको छ । नेपालमा पनि मानिसहरुले अटोमेटेड टेलर मेसिन (एटिएम) कार्डलाई आफ्नो जीवनको अत्यावश्यक वस्तुको रुपमा प्रयोग गर्दै आएका देशभर ४२ लाख कार्ड प्रयोगमा आएका छन । 

      एटिएमको लोकप्रियता बढेसंगै सन् दुई हजार पाँचबाट औपचारिकरुपमा नेपालमा अटोमेटेड टेलर मेसिन (एटिएम कार्डको सूरुवात भएको हो । नेपालमा यो प्रवेश भएसंगै मानिसको जीजनशैलिमा परिवर्तन आएको छ । एटिएम कार्ड भएपछि आम मानिसलाई निकै सहज भएको छ । पैशा बोकेर हिड्नु नपर्ने भएपछि मानिसहरुको एटिएम कार्ड प्रति निकै मोह बढेर गएको हो  ।

       एटिएम कार्ड भएपछि चोरी डकैति लाग्नबाट मानिसहरु ढुक्क सम्म हुन  थालेका छन्.। त्यसकारण एटिएम कार्डले मानिसहरुको दैनिक कार्यसम्पादन सहज हुनुका साथै सुरक्षितसमेत बनाएको छ । नेपालमा केही समय यतादेखि एटिएम कार्ड प्रति मोह बढ्दै गएकाले बैंक तथा वित्तीय संस्थाहरुले एटिएम सेवा तथा काउन्टरलाई पनि तीव्र रुपमा विस्तार गर्न थालेका छन् । 

      यही लोकप्रियतालाई बुझेर नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष (२०७४र०७५) को असार मसान्तसम्ममा देशभर ४२ लाख ५९ हजार एटिएम कार्ड प्रयोगमा आएको जनाएको छ । यसमध्ये सबैभन्दा धेरै डेबिट कार्ड प्रयोगकर्ता रहेका छन् देशभर ४१ लाख ४६ हजार डेबिट कार्ड प्रयोग आएको तथ्यांकमा उल्लेख छ ।  त्यस्तै क्रेडिट कार्डतर्फ ४३ हजार र प्रिपेड कार्डतर्फ ६९ हजार वटा जारी गरिएको राष्ट्रले तथ्याङक सार्वजानिक गरेको छ । 

      तर एटिएम कार्डको बारेमा पैशा कसरी निकाल्ने र कुन कुन बैकबाट पैशा निकाल्दा कति काट्छ भन्ने कुरा अझै धेरैलाई थाहा नहुदा मानिसहरु अन्यौलमा पर्नेे गरेका छन । त्यसकार एटिएम प्रयोग कर्तालो पैशा निकाल्दा सकेसम्म  आफ्नो खाता रहेको बैंकको एटिएमबाट निकाल्नु पर्छ । 

      तर, सेवाग्राहीले एउटा बैंकले दिएको कार्ड प्रयोग गरेर अर्को नेटवर्क रहेको बैंकको एटिएमबाट रकम निकाले थप शुल्क तिर्नुपर्ने हुन्छ । नेपालमा एटिएमकार्डको मोह ह्वातै बढवेसंगै विभिन्न सेवा प्रदायक कम्पनीहरुले एटिम सेवामा प्रदान गर्नमा जोड दिदै आएका छन । 

      नेपाल इन्भेष्टमेन्ट बैंक अन्तर्गतका एटिएम सेवा प्रदायक (सदस्य) बैंकका एटिमबाट पैसा निकाल्दा प्रति कारोबार २५ रुपैयाँ लाग्ने इन्भेष्टमेन्ट बैंकले जनाएको हो  । २५ रुपैयाँ मात्र शुल्क लाग्ने नेपाल इन्भेष्टमेन्ट बैंक अन्तर्गतका एटिएम प्रदायक वाणिज्य बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट बैंक राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक,  कुमारी बैंक , सानिमा बैंक , एनसिसी बैंक , सेन्चुरी कमर्सियल बैंक ,  मेगा बैंक रहेका छन् ।

       त्यसबाहेक अन्य नेटवर्क रहेका बैंकबाट पैसा निकाल्दा प्रति कारोबार २ सय ५० रुपैयाँ थप शुल्कलाग्ने तथ्याङकमा उल्लेख गरेको छ । एटिम प्रयोग गर्दा जति सहज हुन्छ त्यतिकै एटिम बारेमा बुझेर एटिमको प्रयोग गर्ने हो भने हरेकको जिवनशैलिमा सहज  वातावरण बन्ने थियो । 

        सम्बन्धित समाचारहरु