वैशाख १६,२०८३ / ११ : ०० अपरान्ह / 2026-04-29 11:00 pm
      • param ad
      • furniture
      • veera Incorporation

      रु एक करोड ७८ लाख बढी राजश्व संकलन

      - ७ वर्ष अगाडि
      श्रावण ६,२०७५

      काठमाडौं, तुलसीपुर इलाका प्रशासन कार्यालयले आब २०७४÷७५ मा रु एक करोड ७८ लाख १० हजार ४२१ राजश्व संकलन गरेको छ । 

      कार्यालयका प्रमुख धनबहादुर केसीका अनुसार संकलित राजश्वमा राहदानीबाट रु एक करोड ७७ लाख, ६२ हजार ५००, मादक पदार्थ सेवनगरी सवारीसधान गर्नेबाट रु २४ हजार, हातहतियार नवीकरणबाट १९ हजार र विविधबाट रु चार हजार ९२१ राजश्व संकलन भएको हो । 

      उहाँका अनुसार सो अवधिमा कार्यालयबाट तीन हजार २६३ जनाले राहादानी लिएकामा एक हजार बढी दु्रत सेवाबाट राहदानी बनाएका थिए । गत आर्थिक वर्षमा भने कार्यालयले रु एक करोड ७६ लाख आठ हजार ५००।– राजश्व संकलन गरेको थियो ।

      उक्त कार्यालयको कार्यक्षेत्रमा तुलसीपुर उपमहानगरपालिका, पश्चिम दाङका शान्ति नगर, बबई र दंगीशरण गाउँपालिकाका पर्दछन् ।

        सम्बन्धित समाचारहरु