काठमाण्डौ . अर्थमन्त्री डाक्टर युवराज खतिवडाले समयमै बजेट खर्च गर्नको लागि अर्थमन्त्रालय केन्द्रित भएको स्पष्ट पारेका छन् ।
शुक्रबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री खतिवडाले समयमै बजेट खर्च गर्नको लागि संरचनागत विकासमा लागिसकेको पनि बताए । चाल’ आर्थिक वर्षमा विकास खर्च बढाउन अर्थमन्त्रालय लागिपरेको र उपलब्धि हासिल गर्ने उनको भनाई छ । गत आर्थिक वर्षमा विभिन्न च’नौतीका बाबज’त राजस्वको लक्ष्य प“रा गर्न कर प्रशासन सक्षम भएको उनको दाबी छ ।
त्यस्तै अघिल्ला आर्थिक वर्षहरूको भन्दा गत आर्थिक वर्षमा विकास बजेटसमेत बढेकोले सरकार प्रभावकारी बजेट कार्यन्वयनमा देखिएको खतिवडाको जिकिर छ ।
अर्थमन्त्री खतिवडाले आफ“ले अर्थमा राम्रो काम गरेर पनि प्रचार गर्न तर्फ केन्द्रित नभएको दाबी समेत गरे . उनले बाह्य ऋणलाई न्य’निकरण गर्नका लागी करको दायरा बढाईएको बताउँदै म’ल्यबृद्धि कर नलाईएको जानकारी दिए . मन्त्री खतिवडाले सन्त’लित बजेट, वित्तिय अन’शासनको कार्यक्रम अघि सारेकाले आफ’लाई विदेशी दातृ निकायले विश्वास गरेको धारणा राखेका थिए ।








