वैशाख १६,२०८३ / ०९ : २९ अपरान्ह / 2026-04-29 09:29 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आठ करोड राजश्व संकलन

      - ७ वर्ष अगाडि
      श्रावण ४,२०७५

       काठमाडौं, पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा रु आठ करोड ६९ लाख, ८६ हजार राजश्व संकलन गरेको छ । 

      छोटी भन्सार कार्यालयका नासु ईश्वरी चापागाईंका अनुसार जेठमा रु एक करोड १८ लाख ६३ हजार र असारमा रु ६३ लाख ५९ हजार राजश्व संकलन भएको छ । आव २०७३÷७४ मा रु पाँच करोड राजश्व संकलन भएको थियो । आव २०७३÷७४ को तुलनामा आव २०७४÷७५ मा रु तीन करोड ६९ लाख, ८६ हजार बढी राजश्व संकलन भएको थियो । 

      सरकारले केही दिनअघि साउन १ गतेदेखि लागू हुने गरी उक्त छोटी भन्सारलाई मूल भन्सारका रुपमा स्तरोन्नति गरेको थियो । 

        सम्बन्धित समाचारहरु