वैशाख १६,२०८३ / ०९ : २८ अपरान्ह / 2026-04-29 09:28 pm
      • param ad
      • furniture
      • veera Incorporation

      विराटनगर जुटमिल पुनःविहिबारदेखि सञ्चालनमा आउने

      - ७ वर्ष अगाडि
      श्रावण ३,२०७५

      काठमाडौं, विगत लामो समयदेखि बन्द विराटनगर जुटमिल पुनःविहिबारदेखि सञ्चालनमा आउने भएको छ । 

      मिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनले सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । मिलको मर्मत र विद्युत् जडानसम्बन्धी कार्य सम्पन्न गरिएकाले मिल सञ्चालन गर्न लागिएको उनले बताए । 

      मिल सञ्चालनका लागि ११ केभिए विद्युत् लाइन जडान सम्पन्न भएको र परीक्षणस्वरुप दैनिक छ टन जुटको सामग्री मिलबाट उत्पादन गर्ने लक्ष्य राखिएको अध्यक्ष वनले जानकारी दिए । मिल पूर्ण सञ्चालनमा आए दैनिक २० टन जुटको सामग्री उत्पादन हुनेछ । 

      विसं १९९३ मा स्थापित सो मिल मुलुकको सबैभन्दा जेठो उद्योग हो ।

        सम्बन्धित समाचारहरु