काठमान्डौ, टयूनिसियाको संसदले डिजिटल टयूनिसिया २०२० प्रोजेक्टका लागि अफ्रीकन विकास बैकसगँ एक सम्झौतालाई स्विकृति प्रदान गरेको छ ।
उक्त सम्झौताको रकम ७१ मिलीयन यूरो रहेको जनाइएको छ । उक्त रकम १९ बर्षभित्र तिरिसक्ने गरी लिइएको जनाइएको छ ।
बैकसगँ लिएको उक्त ऋणलाई सन्चार प्रविधि तथा डिजिटल अर्थ मन्त्रालयले विकास गरेको रणनीतिक महत्वको डिजिटल टयूनिसिया २०२० प्रोजेक्टमा लगानी गर्ने योजना रहेको छ ।
२०१८ देखि २०२२ सम्ममा लगानी गर्ने उक्त प्रोजेक्टमा जम्मा १३५ मिलियन यूरो खर्च हुनेछ । टयूनिसिया सरकारले लगानीको ५३ प्रतिशत रकम उपलब्ध गराउने छ ।
यो परियोजनाले डिजिटल प्रशासनको विकास गर्ने तथा औधोगिक तथा व्यापारको क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग गर्ने लक्ष्य लिएको छ ।








