वैशाख १६,२०८३ / ०९ : ३० अपरान्ह / 2026-04-29 09:30 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सोमबार नेप्से परिसुचक दोहोरो अंकले वृद्धि

      - ७ वर्ष अगाडि
      असार ३२,२०७५

      काठमाडौं, सोमबार नेप्से परिसुचकमा दोहोरो अंकले वृद्धि भएको छ । 

      नेप्सेको वृद्धिसंगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा फराकिलो वृद्धि भएको हो । चालु अर्थिक वर्षमा धितोपत्र वोर्डले प्राथमिक बजारमा आमुल सुधार ल्याएको छ । यो म्यादसम्म दोस्रो  बजार भने अपेक्षा अनुरुप सुधार हुन सकेको छैन । 

      तथापी नयाँ आर्थिक वर्षसंगै लगानीकर्ताका लागि बनेको पूर्ण स्वचालीत अनलाईन कारोबार प्रणालीको परिक्षण साउन १ गते दखी नै हुने निश्चित भएको छ । यो नयाँ खबरले लगानी कर्तामा थप उत्साह देखीएको छ । लगानीकर्ताको उत्साह संगै सोमबार नेप्से परिसुचक १२.२७ अंकले बढेको छ । 

      सोमबार क बर्गका कम्पनिहरुको कारोवार मापक सेन्सिटिभ  ईन्डेक्स २.३९ अंकले वृद्धि भयो भने समग्र कारोवार मापक १.०१ अंकले  वृद्धि भयो । सोमबार अन्य समूहको सुचकमा २.६७ अंकको गिरावट भएतापनि बाँकी सवै समूहको सुचक बढेको छ । 

      बैंकिङ समूह ६.०५ अंकले बढेको छ भने बिमा,विकास  बैंक र माईक्रोफाईनान्स समूहमा क्रमश : १४७.०२,२४.५९ र १२.६२ अंकले वृद्धि भएको छ ।

        सम्बन्धित समाचारहरु