वैशाख १६,२०८३ / ०९ : २८ अपरान्ह / 2026-04-29 09:28 pm
      • param ad
      • furniture
      • veera Incorporation

      इन्टरनेट र टेलिफोनको मूल्य महँगिदै

      - ७ वर्ष अगाडि
      असार ३२,२०७५

      काठमाडौं, दूरसञ्चार सेवा प्रदायकले तिर्नुपर्ने सेवा शुल्कमा वृद्धि भएको छ । 

      दूरसञ्चार सेवा प्रदायकले तिर्नुपर्ने सेवा शुल्क वृद्धि भएसँगै त्यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्ने भएको छ। आगामी आर्थिक वर्षबाट दूरसञ्चार सेवा प्रदायकले तिर्नुपर्ने सेवा शुल्क १३ प्रतिशत पुर्याइएको छ। चालु आर्थिक वर्षसम्ममा दूरसञ्चार सेवा शुल्क ११ प्रतिशत थियो। यस्तै इन्टरनेट सेवा प्रदायकलाई पहिलोपटक सेवा शुल्क लगाइँदैछ। बजेटमा व्यवस्था भएअनुसार साउनबाट टेलिफोनको शुल्क कम्तिमा दुई प्रतिशत बढ्ने भएको छ।

      आउँदो  वर्षदेखि डेटा सेवामा पनि १३ प्रतिशत सेवा शूल्क लाग्नेछ। साउनदेखि एनसेल, भायोनेट, क्लासिक टेक, सुबिसुलगायतका इन्टरनेट सेवा प्रदायकले सेवा शूल्क बढाउने भएका छन्। वर्ल्डलिंकले पनि सेवा शूल्क वृद्धि गर्ने तयारी गरिरहेको छ। सुबिसुले साउन १ गतेबाट सेवा शूल्कबापत १३ प्रतिशत मूल्य अभिवृद्धि कर र १३ प्रतिशत सेवा शुल्क वृद्धि गर्ने भएको छ। 

      अहिले इन्टरनेट सेवा शूल्क भ्याटसहित न्यूनतम १३ सय ८ रुपैयाँ छ। साउनबाट १३ प्रतिशत करसहितको रकम १४ सय ७८ रुपैयाँ पर्नेछ। 

      ग्राहकले साउन लाग्नुअघि नै ३ वा ६ महिनाको शुल्क अग्रिम भूक्तानी गरे सेवा शुल्कबाट बच्न सक्ने कम्पनीले जनाएका छन्। कम्पनीका अनुसार तीनदेखि ६ महिनाका लागि तिरिसकेको अग्रिम शूल्कपछि भने सरकारले लागू गरेबमोजिम सेवा शूल्क तिर्नुपर्नेछ। यसैगरी भायोनेटले पनि साउनदेखि सेवा शूल्क वृद्धि गर्ने भएको छ। १८ एमबिपिएसको १४ सय रुपैयाँ शूल्क लिँदै आएको कम्पनीले भ्याट र सेवा शुल्कसहित १७ सय ८८ रुपैयाँ लिने भएको छ।

      क्लासिकटेकले पनि साउनदेखि सेवा शूल्क वृद्धि गर्ने जनाएको छ। सेवा शूल्क वृद्धिका लागि गृहकार्यमा रहेको कम्पनीले जानकारी दिएको छ। नेपाल टेलिकमले भने सबै किसिमका सेवामा शूल्क वृद्धि नगर्ने भएको छ। कम्पनीले विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डेटा प्याक, जिएसएम थ्रीजी फोरजी, एडिएसएल, इन्डिया अफरअन्तर्गत डेली प्याकलगायतका सेवामा सेवाशूल्क नजोडिने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्।

      अल टाइम भ्वाइस प्याकेज, नाइट टाइम भ्वाइस प्याकेज, एसएमएस प्याकेज, मिस्डकल अलर्टलगायतका सेवामा बजेटमा गरेको व्यवस्थाअनुसार मूल्य समायोजन गरिने उनले जानकारी दिइन्। उनका अनुसार ग्राहकले अल टाइम भ्वाइस प्याकेज, नाइट टाइम भ्वाइस प्याकेज, एसएमएस प्याकेज, मिस्डकल २५ देखि ५० प्रतिशतसम्म बोनस पाउन सक्नेछन्। टेलिकमले साउन १ गतेदेखि ९० दिनका लागि मनसुन प्याकेज ल्याउन लागेको पनि वैद्यले जानकारी दिएकी छन्। 

      उनका अनुसार ९० दिनपछि कम्पनीले सेवा शूल्क यथावत राख्ने वा नराख्ने विषयमा पुनः छलफल गर्नेछ। दूरसञ्चार सेवा प्रदायक एनसेलले साउन १ गतेदेखि भ्वाइस कल र डेटामा सरकारले तोकेअनुसार १३ प्रतिशत सेवाशूल्क लागू गर्ने तयारी गरेको छ। 

      कम्पनीले सेवाग्राहीलाई १२ दिनअघिदेखि सेवा शूल्क वृद्धि सम्बन्धि जानकारी सहितको एसएमएस पठाउन थालेको छ।

        सम्बन्धित समाचारहरु