वैशाख १६,२०८३ / ०७ : ४५ अपरान्ह / 2026-04-29 07:45 pm
      • param ad
      • furniture
      • veera Incorporation

      जिम्मेवारी पूरा नगर्ने कम्पनिलाई कानुनको दायरामा ल्याउनु पर्छ : पशुपति चौलागाईं

      - ७ वर्ष अगाडि
      असार २६,२०७५

      काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेशसभा सदस्य पशुपति चौलागाईंले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सम्बन्धित वैदेशिक रोजगार कम्पनीसँग समझदारी भएअनुसार काम र ज्याला उपलब्ध गराउनुपर्ने बताएका छन्  । 

      अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघद्वारा मंगलकार आयोजित कार्यक्रममा बाोल्दै उनले व्यवसायलाई सुरक्षित, मर्या्दित र व्यवस्थित बनाउन श्रमिकलाई सम्झौता अनुसारको कार्य नगर्ने कम्पनीलाई सरकारले दण्डित गर्नुपर्ने बताएका हुन् । 

      कीर्तिमानी आरोही आङकामी शेर्पाले वैदेशिक रोजगारमा गएर ठगिएका पीडितलाई निरन्तर सहयोग दिने उद्देश्यका साथ स्थापित उक्त संस्थासँग आफूले सहकार्य गर्ने बताए । संघका अध्यक्ष दीपक राउत क्षेत्रीले विदेशमा रहेका नेपाली श्रमिक कुनै पनि रुपमा ठगिएर आफ्नो संस्थामा उजुरी आए उनीहरुलाई न्याय दिन आफूहरु क्रियाशील रहेने बताए । 

      उक्त कार्यक्रममा संस्थाद्वारा प्रकाशित स्मारिका पनि विमोचन गरिएको थियो ।

        सम्बन्धित समाचारहरु