वैशाख १६,२०८३ / ०७ : ४४ अपरान्ह / 2026-04-29 07:44 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाल भारत रेल सेवा सञ्चालन सम्बन्धीे संयुक्त वर्किङ कमिटिको बैठक काठमाडौमा जारी

      - ७ वर्ष अगाडि
      असार २६,२०७५

      काठमाडौं, नेपाल भारत क्रस बोर्डर रेल सञ्जाल सेवा सञ्चालन सम्बन्धी नेपाल र भारतविचको संयुक्त वर्किङ कमिटिको बैठक काठमाडौमा जारी छ । 

      सोमबारबाट सुरु भएको बैठकमा भारतका तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव नामग्या खाम्पा र नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक सहायता महाशाखाका सहसचिव  केशरकुमार  शर्मासहितको अधिकारीहरु सभागी रहेका छन्  । गत चैतमा प्रधानमन्त्रि केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नेपालको राजधानी शहर र भारतीय सिमावर्ती शहर रक्सौल रेलमार्ग भारतीय आर्थिक र पाविधिक सहयोगमा निर्माण हुने सम्झौता भएको थियो । सोही सन्दर्भमा भारतले एक वर्षभित्रमा रेल मार्गको सर्वे गर्ने सम्झौता समेत भएको थियो ।  

      थप अध्ययन, विस्तृत परियोजना प्रतिबेदन र मोडालिटी दुबै पक्षले छलफलकाविच टुङगो लगाउने निर्णय पनि भएको थियो । संयुक्त वर्किङ कमिटिको बैठकमा रक्सौल–काठमाडौ रेल परियोजना अघि बढाउने विषयमा छलफल हुने तयारी भउको रेल विभागका सिनियर ईन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए । नेपाल र भात सिमा क्षेत्रलाई जोड्ने उदेश्यकासाथ निर्माण गर्न लागिएका ५ रेल लिंकमध्ये २ वटा रेलवे लिंक संचालन गर्ने विषयमा टुङ्गो लाग्ने रेल विभागले जानकारी दिए । 

      जनकपुर–जयनगर  र बथनाहा–जोगवनी–विराटनगर रेलवे सञ्चालन विषयमा छलफल गरेर टुङगो लगाउने  रेल विभागले जवानकारी दिए । जनकपुर–जयनगर रेलमार्ग निमाृण अन्तिम चरणमा पुगेकाले उक्त रेलमार्गमा रेल संचालन गर्ने विषयमा समेत छलफल हुने सिनियर डिभिजन ईन्जिनियरले जानकारी दिए ।  ६९ किलामिटर लामो सो रेलमार्ग आगामी असोजसम्ममा तयार हुने विभागको भनाई छ । बजेट मार्फत सरकारले ५० करोड रुपैयाँ रेलको डिब्बा र ईन्जिन खरिदका लागि छुट्याईसकेको छ ।  

      रेल अडर र खरिद प्रक्रियामा लामो समय लाग्ने भएकाले तत्कालका लागि चारतीय रेल भाडामा लिने विषयमा छलपलm हुने समेत विभागले जानकारी दिए । त्यसैगरी जोगवनीबाट विराटनगरसम्म रेल सञ्चालन गर्ने विषय पनि टुङग्याइने विभागले जनाएको छ ।  

      संयुक्त कमिटि वर्किङ बैकक हरेक ६÷६ महनामा बस्नेछ । यसअघि सो कमिटि बैठक नयाँ दिल्लमा भएको थियो ।

        सम्बन्धित समाचारहरु