वैशाख १६,२०८३ / ०७ : ४६ अपरान्ह / 2026-04-29 07:46 pm
      • param ad
      • furniture
      • veera Incorporation

      १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको बजेट सानो होइन :अर्थमन्त्री

      - ७ वर्ष अगाडि
      असार २५,२०७५

      काठमाण्डौ,  अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेटमार्फत प्रस्ताव गरिएको थिंक ट्यांकले भइरहेका कुनै संरचनालाई प्रभावित नपार्ने बताएका छन् । 

      राष्ट्रियसभाको सोमबारको बैठकमा आफ्ना मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री खतिवडाले बजेटमार्फत प्रस्ताव गरिएको थिंक ट्यांकले कुनै संरचना प्रभावित नहुने बताएका हुन्  । थिंक ट्यांक खास नीति तयार गर्न विज्ञ समूह बनाउने प्रस्ताव मात्र भएको भन्दै उनले त्यसको प्रयोजन सकिएपछि औचित्य हेरेर सरकारले निरन्तरता दिन सक्ने नसक्ने निर्णय लिने जिकिर गरे । खतिवडाले संघीय सरकारले ल्याएको १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको बजेट सानो नभएको पनि बताए । संघीय सरकारबाट राजस्वसहित खर्चको आकार र आन्तरिक ऋण उठाउने क्षेत्र स्थानीय र प्रदेश तहलाई बाँढिएको पनि उनले स्पष्ट पारे । 

      उनले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा सरकारले संकलन गर्ने राजस्वको आकार ३५ प्रतिशत आकार बढाइएको बताए । 

      भुगोल र जनसंख्याको सन्तुलन मिलाएर प्रदेशलाई बजेट विनियोजन गरिएको भन्दै उनले कुनै प्रदेशलाई धेरै र कुनैलाई थोरै बजेट दिएर भेदभाव नगरिएको पनि उल्लेख गरे । बजेटले संघीय संरचनालाई अँगालेको भन्दै अर्थमन्त्री खतिवडाले अधिकारहरु प्रष्ट बाँडफाँट भएको दाबी गरे । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तयार पारिरहेको हुँदा ब्याज दरको समस्या त्यहीँबाट समाधान हुने भन्दै उनले भारतीय नोटबन्दीपछिका समस्याका बारेमा भारतीय पक्षसँग कुराकानी गरिने धारणा राखे । 

        सम्बन्धित समाचारहरु