वैशाख १६,२०८३ / ०७ : ४६ अपरान्ह / 2026-04-29 07:46 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ललितपुरको बजेट चार अर्ब ५१ करोड

      - ७ वर्ष अगाडि
      असार २५,२०७५

      काठमान्डौ, ललितपुर महानगरपालिकाले आगामी आव २०७५/७६ का लागि रु चार अर्ब ५० करोड ७२ लाख ८७ हजारको बजेट प्रस्ताव गरेको छ । 

      महानगरपालिकाले आज आयोजना गरेको नगरसभामा बजेट प्रस्तुत गर्दै महानगरका उपप्रमुख गीता सत्यालले सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक स्रोत, सडक बोर्ड, अन्तर्राष्ट्रिय संस्थालगायत स्रोतका आधारमा अनुमानित आय प्रस्ताव गरिएको बताउनुभयो । संघीय सरकारबाट रु ८९ करोड ७८ लाख आयको अनुमान गरिएको छ । 

      प्रदेश सरकारबाट रु तीन करोड र आन्तरिक स्रोत रु एक अर्ब ७७ करोड ५४ लाख एक हजार आयको अनुमान गरिएको छ । अनुदान सशर्त र निःशर्त दुवै किसिमका छन् । अनुमानित व्ययमा प्रशासनिक खर्च, सामाजिक सुरक्षा भत्ता, आर्थिक, सामाजिक र पूर्वाधार विकासका क्षेत्रमा खर्च हुने अनुमान गरिएको छ । 

      नगर प्रमुख चिरीबाबु महर्जनले नगरले भौतिक पूर्वाधारसँगै खेलकुद, पर्यटन, शिक्षालगायत क्षेत्रको विकास गर्ने नीति लिएको तथा साविक गाउँपालिकाको विकासमा ध्यान केन्द्रित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विकासको शुरुआत महानगरको सबैभन्दा पिछडिएको फर्सीडोलबाट गर्नेछौँ ।” 

      सांसद पम्फा भुसालले महानगरले कानूनले तोकेको मिति ९१० असार० भन्दा ढिलो गरेर बजेट ल्याएको बताउँदै भन्नुभयो, “अनुभवको कमीले यो वर्ष ढिला भए पनि आगामी वर्ष समयमा नै गर्नुपर्छ ।” नगरसभाले पारित गरेपछि बजेट यही असार ३२ गते सार्वजनिक गरिने योजना छ । 

        सम्बन्धित समाचारहरु