वैशाख १६,२०८३ / ०७ : ४५ अपरान्ह / 2026-04-29 07:45 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रमुख पर्यटकीय स्थल ठमेल र दरबारमार्ग अब २४ सै घण्टा खुल्ने

      - ७ वर्ष अगाडि
      असार २५,२०७५

      काठमाडौं, पूर्ण शान्ति सुरक्षा कायम गर्दै सरकारले आगामी साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ सै घण्टा खुलाउने भएको छ । 

      जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकको आवतजावत हुने ठमेल र दरबारमार्ग साउन १५ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय र काठमाडाँै महानगरपालिकाले गृह सुधार योजनाअन्तर्गत ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउन लागेको हो । 

      सेवाग्राही र व्यवसायीलाई पूर्णसुरक्षा दिई बजार खुलाइने र त्यसबाट सेवाग्राहीलाई सजिलो हुनाका साथै पर्यटनको प्रवद्र्धन गर्न उक्त ठाउँका बजार खुलाउन लागेको सहायक प्रमुख जिल्ला अधिकारीले बताए । सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेको संयोजकत्वमा गठित बजार खुला गर्नेसम्बन्धी गठित समिति विभिन्न मापदण्ड तयारी गरी खुला गर्नका लागि प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई प्रतिवेदन बुझाएको छ । 

      बजार खुलाउनका लागि व्यापारी, स्थानीयवासी र सुरक्षाकर्मीसँग विभिन्न चरणमा छलफल गरी मापदण्ड तयार गर्ने कामसमेत भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए । उनका अनुसार जयनेपाल चोकदेखि केशरमहल चोक, केशरमहल चोकदेखि लैनचौर, लैनचौरदेखि मनाङ होटल चोक, मनाङ होटल चोकदेखि सोह्रखुट्टे ओरालो हुँदै क्षेत्रपाटी चोक, क्षेत्रपाटी चोकदेखि जेपी मोड हुँदै ज्याठा चोक, ज्याठा चोकदेखि जमल चोक र जयनेपाल चोकदेखि कृष्णपाउरोटी, काठमाडौँ प्लाजा हुँदै महेन्द्र शालिक चोकसम्मका स्थानमा २४ घण्टा व्यवसाय सञ्चालन गर्न दिइने भएको छ । 

      http://www.chinaripost.com/pagegallery/2018070929.jpg

      जिल्ला प्रशासन कार्यालयले २४ घण्टा खुला गर्ने उक्त क्षेत्रमा रात्रिकालीन मनोरञ्जनमूलक सेवा (क्लब, डिःकोथेक, पव, डान्सबार, दोहोरी, मसाज) होटल तथा गेष्टहाउस, डिपार्टमेन्टल स्टोर, रेष्टुराँ, क्याफे, बार, कफी तथा केक सप, किराना पसल, यातायात सेवा–ट्याक्सी, बस र पेट्रोल पम्प), मेडिकल सेवा, यातायात सेवा र बैंकिङ सेवा (विदेशी मुद्रा सटही काउन्टर, एटिएम) हुनुपर्ने उल्लेख गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले उक्त क्षेत्रमा सुरक्षाकर्मी बढाउनाका साथै सिसी टिभी जडानसमेत गरिने जानकारी दिए । 

      समितिले होटलको रिसेप्सन, प्यालेस, लवी जस्ता ठाउँमा अनिवार्य सिसीटिभी जडान गर्नुपर्ने, होटलमा बस्ने ग्राहकलाई भेट्न आउने आगन्तुकको समेत विवरण राख्नुपर्ने, शंकास्पद र असामान्य गतिविधि पाइएमा प्रहरीलाई जानकारी गराउनुपर्ने उल्लेख छ । 

        सम्बन्धित समाचारहरु