काठमाडौं, अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजित बजेटको आकार सही र संघीय संरचनाअनुसार सन्तुलित भएको बताएका छन् ।
राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरुले उठाएको प्रश्नको सोमबार जवाफ दिँदै मन्त्रिी युवराजले संघ, प्रदेश र स्थानीय तहमा राजश्वको बाँडफाँड एवं स्रोत परिचालनमा सन्तुलन कायम गरिएको बताएका हुन् । अर्थमन्त्री डा.ले बजेट उपयुक्त आकारको भएको र प्रादेशिक तवरले बजेट सन्तुलित भएको बताए । यसै अनुरुप सत्तरी प्रतिशत जनसंख्या र बाँकी प्रतिशत अन्य क्षेत्रलाई दिएर सन्तुलन कायम गरिएको छ ।
संघीय संरचनाअनुसार तयार भएका ७६१ वटा सरकारले ल्याएका बजेटलाई हेर्ने हो भने विनियोजित रु १३ खर्ब १५ खर्ब १६ करोडको बजेट सही आकारको भएको भन्दै उनले प्रदेशसहितको बजेटलाई ध्यान दिन आग्रह गरे । चालू आयोजनाको हकमा संघमा भए पनि तल क्षमता विकास हुँदै जाँदा हसतान्तरण गरिने जानकारी दिँदै अर्थमन्त्री डां लेखतिवडाले संघको कार्यक्रम अन्ततः स्थानीय तहमार्फत नै सञ्चालन हुने भएकाले साझेदारी स्थानीयरुपमा जानुपर्ने बताए ।
उनका अनुसार शिक्षा र कृषिमा प्रदेशमा कति अधिकार दिएको भन्नेबारे ७६१ वटा सरकारमा खोजियो भने प्रष्ट हुन सकिन्छ । त्यसैगरी कृषि क्षेत्रमा पनि सिँचाइ, वन वातावरणलगायत क्षेत्रबाट हेर्ने हो भने कृषिका लागि पर्याप्त बजेट छ । विज्ञ समूह खास प्रयोजनका लागि तयार गरिएको भन्दै त्यसको औचित्यका आधारमा अगाडि बढाइने बताउँदै अर्थमन्त्रीले चौमासिक निकासाका कारण बजेट कार्यान्वयन नभएको र प्रणालीगत कारणले समस्या भएको जानकारी दिए ।
घोषणापत्र, नीति कार्यक्रम र बजेटका बीचमा तालमेल नमिलेको भन्ने सांसदको प्रश्नमा मन्त्रिले सम्बोधन गरेर अगाडि बढेको बताए । अर्थमन्त्री डा.ले बजेट कार्यान्वयनमा समस्या, खरिद ऐनमा समस्या तथा निर्माण व्यवसायीलाई जिम्मेवार बनाउने जस्ता विषयमा सरकार जिम्मेवार भएर अगाडि बढ्ने स्पष्ट पारे ।








