काठमाडौँ, शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १८।३३ बिन्दुले ओरालो लागेर एक हजार २०६ बिन्दुमा आइपुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३।८९ बिन्दुले घटेर २५३।८४ बिन्दुमा पुगेको छ ।
स्टकका अनुसार आज कूल १६७ कम्पनीको १० लाख ६५ हजार ४८६ कित्ता शेयर रु ४० करोड आठ लाख ८७ हजार २७४ मूल्यमा खरिद बिक्री भएको हो ।
आज दुई उपमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार समूह ०।२५ र उत्पादन समूह ७।४३ बिन्दुले बढ्दा बैंकिङ १६।५२, होटल २४।४३, विकास बैंक १७।९६, जलविद्युत् २८।२८, फाइनान्स ३।४२, बीमा १३५।३, अन्य ४।७८ र माइक्रोफाइनान्स २२।१९ बिन्दुले घटेको छ ।








