काठमाडौं, सरकारले अर्थमन्त्रालयका उपसचिव रमेस अर्याललाई नोपल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
सरकारले नियुक्त गरे लगतै सोमबार नै उनले पदभार ग्रहण गरेका छन् । अर्को व्यवस्था नहुन्जेल सम्म अर्थमन्त्रालयले उनलाई सिईओको जिम्मेवारी दिएको हो । पदभार गर्दै उनले पुँजी बजारको सक्दो विकासमा पहल गर्ने बताए । यसअघि सरकारले चन्द्र साउदलाई असार २२ गतेबाट लागु हुने गरी सिईओ पदबाट बर्खास्त पत्र थमाईएको थियो ।
अनलाई प्रणाली लागु गर्न लागीएको अवस्थामा नेप्से प्रमुख कार्यकारी अधिकृत परिवर्तन गरीएको हो । नेप्सेले हालै मात्र अनलाइन प्रणालीको युजर एसेप्टेन्स टेष्ट (यूएटी) गर्न कम्पनी छनोट गरिसकेको छ । छनोट भएको कम्पनीसँग सहमतिपत्रमा हस्ताक्षर भने अझै भएको छैन ।
उता बर्तमान सरकारले बर्खास्त गरेका नेप्सेका पूर्व सिईओ चन्द्र सिंह साउदले आफू कानुनी उपचार खोज्न अदालत जाने बताएका छन् ।








