वैशाख १६,२०८३ / ०७ : ४६ अपरान्ह / 2026-04-29 07:46 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ५२ व्यावसायिक फार्मको कारोवार रोक्का गर्ने आन्तरिक राजश्व कार्यालयको तयारी

      - ७ वर्ष अगाडि
      असार २५,२०७५

      काठमाडौं, आन्तरिक राजश्व कार्यालय विभाग भरतपुरले लामो समयदेखि कर नतिर्ने ५२ व्यावसायिक फार्मको कारोवार रोक्का गर्ने भएको छ । 

      पाँच वर्षभन्दा बढी समयदेखि सम्पर्कमा नरहेका फार्मको कारोवार रोक्का गर्न लागेको कार्यालयका प्रमुख थानप्रसाद पङ्ज्ञानीले बताए । कार्यालयले केही समयअघि सम्पर्कमा नरहेका ५५ व्यवसायीको नाम सार्वजनिक गरेको थियो । 

      कारोवार रोक्का गर्न लागेका ति फार्म पाँचदेखि १८ वर्षसम्म सम्पर्कमा नरहेका रहेको पङज्ञानीले बताए  । कार्यालयमा व्यक्तिगत प्यान लिने ३० हजार, मूल्य अभिवृद्धि करमा दर्ता भएका सात हजार र व्यावसायिक प्यान लिने ४४ हजार करदाता रहेका छन् । चालू आवमा व्यक्तिगत र व्यावसायिक प्यान लिने संख्या ६ हजार रहेको छ । 

      आन्तरिक राजश्व कार्यालयले चालू आवको जेठमा मात्र रु दुई अर्ब ७९ करोड ६१ लाख ४४ हजार राजश्व संकलन गरेको छ । विभागले कार्यालयलाई रु दुई अर्ब १८ करोड ७२ लाख ६१ हजार राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो । लक्ष्य दिएभन्दा रु ६० करोड ८८ लाख ८३ हजार बढी राजश्व संकलन भएको छ । 

      कार्यालयले चालू आवको जेठ मसान्तसम्ममा रु १९ अर्ब ४९ करोड ५२ लाख ७७ हजार राजश्व संकलन गरेको छ । जेठ मसान्तसम्ममा रु १७ अर्ब ३६ करोड ६६ लाख ३४ हजार राजश्व संकलन गर्ने लक्ष्य दिइएको थियो । अहिलेसम्म लक्ष्यभन्दा रु दुई अर्ब १२ करोड ८६ लाख ४३ हजार बढी राजश्व संकलन गरिसकेको छ । 

      सो राजस्व कार्यालयले नवलपुर र चितवन जिल्ला हेर्दै आएको छ । 

        सम्बन्धित समाचारहरु