वैशाख १६,२०८३ / ०७ : ४५ अपरान्ह / 2026-04-29 07:45 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ‘प्रवासी नेपाली युवाको राष्ट्रिय भेला’ राष्ट्रिय सभागृहमा हुने

      - ७ वर्ष अगाडि
      असार २४,२०७५

      काठमाडौं, राष्ट्रिय युवा परिषद्ले ‘प्रवासी नेपाली युवाको राष्ट्रिय भेला’ यही असार २७ गते राष्ट्रिय सभागृहमा गर्ने भएको छ । 

      उक्त भेलामा जापान, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, साउदी अरब, मलेसियालगायत मुलुकमा लामो समयदेखि बसेर व्यावसायिक सीप, प्राविधिक ज्ञान तथा अर्थोपार्जन गरेका करीब ५०० युवाको सहभागिता रहने बताइएको छ । 

      युवालाई स्वदेशमा लगानी गर्न सक्ने पूर्वाधारको निर्माण तथा स्थानीय तहमा भएका सम्भावना र चुनौतीका विषयमा छलफल गरिने परिषद्का उपाध्यक्ष माधव ढुंगेलले जानकारी दिए । 

      युवाहरुको भेलामा रोजगारीका सिलसिलामा विदेश गई अनुभव र पूँजी सञ्चय गरेका युवा स्वदेश फर्केपछि नेपालमा गरिने उद्योगले सिर्जना गर्ने रोजगार, सरकारलाई बुझाउने राजश्व, कच्चा पदार्थको संकलन तथा त्यसको आयातमा सहुलियत उपलब्ध गराउने विषयमा छलफल हुने जनाएको छ ।

      स्वदेशमा उत्पादन हुने वस्तुको लागत तथा त्यसको बजारीकरण गर्ने विषयमा प्रचलित नीति नियमबारे विश्लेषण गरी सरकारलाई आवश्यक सुझाव उपलब्ध गराइने छ । 

      भेलामा गरिने अन्तक्र्रिया तथा छलफलबाट प्राप्त हुने विषयवस्तुका आधारमा परिषद्ले आगामी दिनमा स्वरोजगारका क्षेत्रमा नयाँ कार्यक्रम निर्माण गर्नेछ ।

        सम्बन्धित समाचारहरु