वैशाख १६,२०८३ / ०७ : ४५ अपरान्ह / 2026-04-29 07:45 pm
      • param ad
      • furniture
      • veera Incorporation

      पञ्चकन्यामाई हाईड्रो पावरले साउन १ गतेबाट सर्वसाधारणका लागि आईपिओ निश्कासन गर्दै

      - ७ वर्ष अगाडि
      असार २२,२०७५

      काठमाडौं, औधोगिक क्षेत्रमा पञ्चकन्या समूहद्धारा सञ्चालीत पञ्चकन्यामाई हाईड्रो पावरले आगामी साउन १ गतेबाट सर्वसाधारणका लागि आईपिओ जारी गर्ने भएको छ । 

      कम्पनिले गत माघमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि  ११ करोड मुल्य बराबरको आईपिओ निसकासन गरेको थियो  । त्यसपछि सोही मुल्य बराबरको आईपिओ सर्बसाधारणका लागि निश्कासन गर्न लागेको हो । उक्त हाईड्रोपावर कम्पनिलाई धितो पत्र वोर्डले असार ८ गते सर्वसाधारणको लागि ११ करोड मुल्य बराबरको  ११ लाख बित्ता आईपिओ निश्कासनको अनुमति दिएको थियो  । 

      जसमा आईपिओ कालागि साउन ४ गते सम्ममा आवेदन दिईसक्नुपर्नेछ । ईच्छुक लगानी कर्ताले न्युनतम ५० बित्ता देखी अधिकतम ५ हजार ५सय बित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । जसमा आस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा वित्तिय संस्था र तिनका शाखाबाट आईपिओका लागि आवेदनका अनलाईन आवेदन दिन सकिने छ । यो हाईड्रो पावर कम्पनिले ईलामको माबु, माईमझुवा  र सुलवुङ गा.वि.स.मा अप्पर माइृ जलविद्युत् आयोजनाबाट ९.९८ मेगावट विद्युत् उत्पादन गरीसकेको छ । 

      र हालै  यो आयोजनालाई १२ मेगावट क्षमतामा वृद्धि गरीएको छ । साथै ६.१ मेगावाट क्षमताको माथिल्लो माई सी(क्यास्केड) जलविद्युत् आयोजना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । आइपीओका लागि कम्पनीले सनराइज क्यापिटल लिमीटेडलाई बिक्री प्रबन्धकका रुपमा तोकेको छ ।

      कम्पनिले १८.१ म्ेगावट क्षमताको आयोजनाको प्रतिमेगावट  लागत १८ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनिको आईपिओलाई ईक्रा नेपालले आईपिओ ग्रेड फोरको रेटिङ दिएको छ ।

        सम्बन्धित समाचारहरु